प्रधानमन्त्री ओलीले गरे डेपुटी गभर्नर शिवाकोटीको ‘मुलुक आर्थिक समृद्धिको यात्रामा’ पुस्तक विमोचन

  २०७६ फागुन ८ गते १९:३६     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले लेखेको पुस्तक ‘मुलक आर्थिक समृद्धिको यात्रामा’ विमोचन गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले सो पुस्तक विमोचन गरेका हुन् ।

पुस्तक विमोचन गर्दै प्रधानमन्त्री ओलीले सो पुस्तकले समृद्ध नेपालको परिकल्पना कार्यान्वयनको स्पष्ट दिशानिर्देश गरेको बताए । नेपालमा भएका प्राकृर्तिक स्रोत साधनको चर्चा गर्दै प्रधानमन्त्री ओलीले सो पुस्तकमा देशको आर्थिक वित्तीय अवस्था, राष्ट्रिय अन्तराष्ट्रिय परिवेश जस्ता विषय सरल ढंगले प्रस्तुत गरिएको ब्याख्या गरे ।

राष्ट्र बैंकको व्यस्त जागिरको वाबदुत पनि डेपुटी गभर्नरले पुस्तक लेख्न भ्याएको तथा उनका कृति राम्रा र उपयोगी हुने गरेको प्रधानमन्त्री ओलीको भनाइ छ । उनले आफ्नो समृद्ध नेपाल सुखी नेपाली अभियानमा सहयोग गर्न सबैलाई आग्रह गर्दै रातारात कुनै पनि काम सम्भव नहुने र विस्तारै परिणाम देखिदै जाने बताए ।

डेपुटी गभर्नर शिवाकोटीद्धारा लिखित समृद्ध नेपाल सुखी नेपाली बोलको गीत पनि सो अवसरमा सार्वजनिक गरिएको थियो ।

पुस्तक विमोचन कार्यक्रममा गभर्नर डा. चिरन्जीबी नेपालले डेपुटी गभर्नर शिवाकोटीद्धारा लिखित पुस्तकले नेपालको आर्थिक तथा वित्तीय अवस्थाको बारेमा जानकारी दिन उपयोगी हुने विचार व्यक्त गरे । सो पुस्तकका बारेमा नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल र आर्थिक पत्रकार गोकर्ण अवस्थीले समीक्षा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.