सिटिजन्स बैंकले गर्याे उदयपुरको विद्यालयलाई आर्थिक सहयोग

  २०७६ फागुन ८ गते १८:५१     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकले उदयपुरको तपेस्वरी आधारभूत विद्यालयलाई आर्थिक सहयोग गरेको छ । उदयपुरको वेलकानगरपालिका स्थित गल्फडियामा रहेको उक्त विद्यालयमा बैंकले ६० हजार रुपैयाँ सहयोग गरेको हो ।

विद्यालयमा भएको एक कार्यक्रमका बीच उक्त सहयोग रकम हस्तान्तरण गरियो । यस विद्यालयले निमुखा, गरीब र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको छ ।

उक्त सहयोग रकमबाट विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिवृद्धिगर्नका निम्ति शैक्षिक सामाग्री तथा कार्यालय प्रयोजनका लागि आवश्यक सामाग्रीहरुको खरिद गर्ने कुरा विद्यालय प्रशाशनले जनाएको छ ।

मुलुकभरी सिटिजन्स बैंकको ९३ वटा शाखा, ९० वटा एटिएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव ५ लाखलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

अन्तर्रा्ष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा यस बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेशिन मार्फत सामानवा सुविधा खरीदगर्दा २०% सम्म क्यास ब्याक(नगदफिर्ता) हुने योजना सञ्चालनमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.