एनआईसी एशिया बैंकमा खाता खोल्दा २ लाख फाइदा, कसरी हुन्छ ?

  २०७६ फागुन ८ गते १८:५०     विकासन्युज

काठमाडौं । बैंकमा खाता खोल्दा ग्राहकहरूको मनमा के खुलदुली होला? आफ्नो बचतको उच्चतम ब्याजदर उनीहरूको पहिलो रोजाइ नहोला भन्न सकिदैन ।

ग्राहकको सोही रोजाइलाई मध्यनजर गर्दै एनआईसी एशिया बैंकले न्यू चमत्कारिक बचत खाता योजना सञ्चालनमा ल्याईरहेको छ । बैंकले ल्याएको यो योजना अन्तर्गत विभिन्न खाता सुविधाहरूमार्फत ग्राहकहरूले ३० चमत्कारिक फाइदा पाउन सक्नेछन् ।

बैंकले यो योजना अन्तर्गत खाता खोल्दा न्युनतम ५० हजार रुपैयाँदेखि २ लाख १४ हजार रूपैयाँसम्मको चमत्कारिक फाइदा पाउने सुविधा दिएको छ । उक्त खाता खोल्ने ग्राहकले बीमा सम्बन्धी ३ आकर्षक चमत्कारिक फाइदा, कर्जामा २ चमत्कारिक फाइदाका साथै २५ वटा अन्य चमत्कारिक फाइदाहरू बैंकले अघि सारेको छ ।

जस्तो, २१ लाख रूपैयाँको बीमा सुविधा बैंक बाहिरबाट लिँदा भन्दा बैंकको न्यू चमत्कारिक खाताअन्तर्गत गर्दा करिब १४ हजार रूपैयाँ बराबर ग्राहकलाई फाइदा देखिन्छ । जस्तै, बैंकले दुर्घटना बीमा, घातक रोगहरू र मेडिकल बीमा अन्तर्गत २१ लाख रूपैयाँ बराबरको बीमा सुविधा प्रदान गरेको छ ।

बीमा सुविधा अन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्णरुपमा अशक्त भएमा १० लाख रूपैयाँसम्मको बीमा सुविधा उपलब्ध हुनेछ भने १८ घातक रोगहरूको लागि १० लाख रूपैयाँसम्मको बीमा सुविधा र १ लाख रूपैयाँसम्मको औषधी उपचार (मेडिकल) बीमाको लाभ समेत खातावालाले पाउनेछन् ।

मेडिकल बीमा अन्तर्गत अस्पतालमा भएका सामान्य खर्च जस्तै डाक्टरको शुल्क, ल्याब टेष्ट, औषधी खर्च लगायतका खर्चहरु बापत २० हजार रूपैयाँसम्म र अस्पताल भर्ना वापत ८० हजार रूपैयाँँसम्मको हकदार ग्राहक हुने छन् । योसँगै खुद्रा कर्जा प्रवाह गर्दा २ चमत्कारिक फाइदाहरू छन् । खातावालालाई कर्जाको प्रशासनिक शुल्कमा २५ बेसिस प्वाइन्टसम्मको छुट प्राप्त हुनेछ भने कर्जा ब्याजदरमा विशेष सहुलियतको सुविधा दिइएको छ । यस बचत खाता हुने ग्राहकले यदि ५० लाख रूपैयाँको कर्जा उपयोग गर्छन् भने उनलाई करिब १ लाख १३ हजार रूपैयाँ बराबरको ब्याज तथा कर्जा प्रशासनिक शुल्कमा फाइदा पुग्ने बैंकले बताएकाे छ ।

यसबाहेक विभिन्न खालका निशुल्क योजनाहरू जस्तै डेबिट/क्रेडिट कार्ड, खुद्रा कर्जा प्रशासनीक शुल्कमा तथा ब्याजदरमा छुट, कुनैपनि बैंकका एटिएम मेसिनबाट रकम झिक्दा निशुल्क, लकर मार्जिन शुल्क छुट, मासिक निक्षेप सुविधा निःशुल्क, डिम्याट खाता निःशुल्क, ई-कमर्श निशुल्क, निःशुल्क होम बैंकिङ्ग, स्वीप इन–स्वीप आउट जस्ता २५ चमत्कारिक सुविधाबाट ग्राहकलाई ८७ हजार रूपैयाँसम्मको फाइदा हुन्छ ।

स्वीप इन-स्वीप आउट सुविधा

बैंकका बचत खाताहरूमार्फत बीमा, कर्जा र अन्य सुविधा बाहेक बैंकलेस्वीप इन– स्वीप आउट सुविधा ल्याएको छ । यो सुविधामा ग्राहकले खोलेका न्यू सुपर चमत्कारिक बचत खाताहरुमा स्वतः मुद्दती खाताको लाभ प्राप्त गर्नेछन् । यदि ग्राहकहरूले बचत रकममा उच्चतम ब्याज आम्दानी गर्ने बाटो खोज्दै छन् भने यस बैंकको स्वीप इन– स्वीप आउट सुविधा अन्तर्गत बैंकले न्यू सुपर चमत्कारिक बचत खातामा २ लाख रूपैयाँभन्दा बढी रकमलाई १० हजार रूपैयाँले गुणन गरी तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर हुने बैंकले जनाएको छ । साथै, बचत खातामा ६.५ प्रतिशत ब्याजदर पाइरहेका ग्राहकले मुद्धती खातामा जाने बित्तिकै ९.७५ प्रतिशतसम्मको ब्याज पाउने बैंकले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.