एनएमबी बैंकले प्रोजेक्ट स्वरोजगार कार्यक्रम गर्दै, के हाे र कसरी हुने सहभागी ?

  २०७६ फागुन ८ गते १७:५५     विकासन्युज

काठमाडौं । एनएमबी बैंकले सिराहामा ‘प्रोजेक्ट स्वरोजगार’ कार्यक्रम गर्ने भएको छ । बैंकले दीगो विकासको लागी दीर्घकालिन उद्देश्यको साथ अवसरहरुको सिर्जना तथा प्रवर्द्धन गर्न उक्त कार्यक्रम सञ्चालनमा ल्याउन लागेको हो ।

बैंकले उक्त कार्यक्रम आगामी चैत ५ गतेदेखि ८ गतेसम्म ४ दिन गर्दै छ ।  सामाजिक उत्तरदायित्व अन्तर्गतको यस परियोजना नवीनतम तथा अनुभवी उद्यमीहरुको सीप, मनस्थिती तथा क्षमता विकास गर्न आयोजना गर्न लागिएको हो ।  सो परियोजनाको डिजाइन र व्यवस्थापन एनएमबि बैंक र ग्लोकल प्रा.लि.को साझेदारीमा गरिएको हो ।

यो परियोजना अन्तर्गत सिरहा जिल्लाका ५० जना व्यक्तिलाई प्रशिक्षण प्रदान गरिन्छ । जसले उनीहरूको उद्यमशीलता र क्षमता विकास गर्न मद्दत गर्दछ । तालिमको लागि उद्यमी संलग्नता, रुची र विचारको आधारमा काम गर्ने क्षमतालाई मध्य नजर गरी सहभागीको छनौट गरिनेछ ।

४ दिने तालिममा सम्बन्धित क्षेत्रमा अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण प्रदान गरिने छ । यस तालिम निःशुल्क रुपमा ५० जनालाई प्रदान गरिनेछ । इच्छुक आवेदकहरूले फारम भरी स्थानीय एनएमबि बैंक शाखामा र अन्य सरोकारवालाको कार्यालयमा पेश गर्न सक्नेछन् । कार्यक्रममा सहभागी हुनको लागि आवेदन आगामी फागुन २७ गतेसम्म फारम भर्न सकिन्छ ।

छनौट मापदण्ड
क) सहभागीको उमेर १८ वर्ष पुगेर ४० वर्ष ननाघेको हुनुपर्ने (२०७६ चैत्र ८ गतेसम्म) ।
ख) सहभागी सिरहा जिल्ला निवासी हनपर्ने ।
ग) सहभागी उत्कृष्ट तथा फरक व्यावसायिक दृष्टिकोण सहित प्रस्तुत हुनुपर्ने वा क्षमता विकास गर्न सकिने सम्भावना भएको व्यावसायमा आबद्ध भएको हुनुपर्ने ।
घ) सहभागी २०७६ चैत ५ गतेदेखि ८ गतेसम्म कार्यक्रमका लागि दिन भर उपलब्ध हुनुपर्ने ।

सहभागीले के प्राप्त गर्न सक्छन् ?
क) अनुभवी प्रशिक्षकहरुद्वारा उद्यमशीलता विकास तालिम निःशुल्क प्राप्त गरी व्यावसायिक ज्ञान वृद्धि गरी व्यापार विकासका लागि सहयोग प्राप्त गर्न सक्ने ।
ख) वित्तीय पहुँचका लागि सहजता।
ग) बैंकको तर्फबाट निरन्तर परामर्श तथा सहयोग उपलब्ध हुने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.