राजिनामा गरेर हुँदैन बास्कोटालाई कारवाही गर्नुपर्छः डा. सुन्दरमणी दीक्षित

  २०७६ फागुन ८ गते १७:०२     विकासन्युज

काठमाडौं । नागरिक समाजका अगुवा तथा वरिष्ठ डाक्टर सुन्दरमणी दीक्षितले कमिसन खेलमा मुछिएका निवर्तमान मन्त्री गोकुल बास्कोटाले राजिनामा दिएर मात्रै नपुग्ने बताएका छन् । उनले कारवाहीको माग गरेका छन् ।

संवाद डबलीले विहीबार गरेको कार्यक्रममा बोल्दै लड्नु पहिले मानिस निकै घमण्डी हुने बताउँदै बास्कोटा पनि त्यति गति भएको बताए । मंचबाट कसैलाई पनि बाँकी नराख्ने बास्कोटा आफै नरहेको भन्दै डा दीक्षितले भने, ‘गोकुल बास्कोटाले सँधै मंचबाट मनलाग्दी बोलेर कसैलाई पनि बाँकी राख्नु हुन्नथ्यो । बास्कोटाजीले सबै मानिसहरु खराब, आफूमात्रै असल भनेर जुन देखाउनु हुन्थ्यो तर आज अडियो सुन्दा सबैभन्दा खराब त उहाँनै रैछ ।’ उनले यो भन्दा पहिलो ५० करोडसम्मको कमिसनको कुरा सार्वजनिक भएको बताउँदै ७४ करोडमा पुगेर बास्कोटाले रेकर्ड तोडेको बताए ।

कार्यक्रममा बोल्दै डा. दीक्षितले राजिनामा दिन लगाएर छुट दिन नहुने भन्दै कडा कारवाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिए । उनले प्रधानमन्त्री ओली अग्नी परीक्षामा रहेको समेत बताए । ‘प्रधानमन्त्रीजीले ‘आफू पनि भ्रष्टाचार गर्दिन, अरुलाई पनि छोड्दिन’ भन्दै आउँनुभएको छ, अब थाहा हुन्छ, बास्कोटालाई छुट दिनुहुन्छकी कारवाही गर्नुहुन्छ ? ओलीजी अग्नी परीक्षामा हुनुहुन्छ ।’ उनले प्रधानमन्त्री ओलीले बास्कोटालाई कारवाही नगरे आफ्नो नजरबाट गिर्ने समेत बताए ।

“बास्कोटा ओलीजीको धेरै नजिकका व्यक्ति हुन्, राजिनामा दिएपछि छुट दिन्छन् वा एक्सन लिन्छन् हेर्न बाँकी छन् । यदि छुट दिएभ ने मेरो नजरबाट गिर्नुहुन्छ । ओली अग्नी परीक्षामा हुनुहुन्छ” डा. दीक्षितले भने । उनले प्रधानमन्त्री फेल वा पास हुन्छन् हेर्न बाँकी रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.