कोरोना भाइरसको धक्का नेपाली फलाम खानीमा, नमुना परीक्षणका लागि पठाइएको प्रतिवेदन चीनमै रोकियो

  २०७६ फागुन ८ गते १५:०८     राजाराम न्यौपाने

काठमाडौं । सरकारले धौवादीको फलाम खानी उत्खनन् गर्न असोजमा कम्पनी दर्ता गर्याे । नेपालमा फलाम खानी सञ्चालनमा ल्याउन सरकार र निजी क्षेत्रको लगानीमा धौवादी फलाम कम्पनी दर्ता पनि गरेकाे थियाे ।

फलाम उत्खनन् गर्ने कम्पनीले असोजदेखि निरन्तर काम गरिरहेको थियो । तर, पछिल्लो समय चीनमा फैलिएको कोरोना भाइरसले नेपालको अर्थतन्त्रमा ठूलो समस्या परेको छ । उक्त भाइरसले नेपामा भैइरहेको फलाम उत्खनन्मा समस्या भएको छ ।

खानी तथा भूगर्भ विभागका निवर्तमान महानिर्देशक डा. सोमनाथ सापकोटालाई धौवादीको फलाम खानी उत्खनन्  गर्न समस्या भएकाे बताए । उनले काेराेना भाइरसकाे कारण फलाम उत्खनन् गर्नमा समस्या भएको बताएका हुन् ।

सरकारले फलाम उत्खनन् गर्न सापकोटालाई जिम्बा दिएकाे छ । सरकारले खानी तथा भूगर्भ विभागबाट अवकास हुनुभन्दा केही दिन अगाडि अर्काे व्यवस्था नहुने बेलासम्मका लागि सापकोटालाई जिम्बा दिएकाे हाे ।

‘चीनियाँ नागरिकले फलाम उत्खनन्को काम गरिरहेका थिए, हामीले फलामकाे नमूना परिक्षणको लागि चीनमा पठाईएका थियाै‌, चीनमा फैलिएको कोरोना भाइरले नमूनाको प्रतिवेदी आउन समय लाग्ने भएको छ,’ सापकोटाले भने ।

सरकारको २ अर्ब २० करोड र निजी क्षेत्रको १८ करोड लगानी रहने गरी कम्पनी दर्ता भएकोे थियो । फलामको धाउ (कच्चा फलाम) उत्खनन् गर्ने उद्देश्यसहित सरकारले कम्पनी दर्ता हो ।

तीन मन्त्रालय संस्थापक र खानी तथा भूगर्भ विभाग, निजी क्षेत्रका स्थापित कम्पनी र महालेखाको लगानीमा कम्पनी दर्ता भएको हो ।

कम्पनीमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको १ अर्ब अर्थ मन्त्रालयको ५० करोड, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २५ करोडको लगानी गर्ने छन् । त्यस्तै, निजी क्षेत्रको स्थापित कम्पनीहरुको १८ करोड लगानी रहने छ । खानी तथा भूगर्भ विभागको २० करोड र महालेखाको २५ करोड लगानी रहेको कम्पनी दर्ता भएको कम्पनी रजिष्ट्रारको कार्यालयले उल्लेख छ ।

संस्थापक सदस्यमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रहेका छन् । कम्पनीको कार्यालय काठमाडौं महानगरपालिका वडानम्बर ३ मा हुने उल्लेख छ । पब्लिक सरकारी कम्पनीको रुपमा सो कम्पनी दर्ता भएको हो ।

व्यवसायीक सम्भाव्यताको अध्ययन छैन्

धौवादीमा फलाम रहेको र त्यसको उत्खनन गरेर प्रयोग गर्न सकिने तथ्य उजागर त भएको छ । तर, त्यसको व्यवसायीक सम्भाव्यताका बिषयमा भने अझै अध्ययन भएकाे छैन् ।

अघिल्लो कार्यकाल केपी ओली प्रधानमन्त्री बनेका बेला काठमाडौंका घर घरमा पाइपबाट ग्याँस वितरण गर्ने भाषण गरेका थिए । तर, इमाडोलमा रहेको प्राकृतिक ग्यासको परिक्षण गर्दा उत्पादन लागत न्युन देखियो । अध्ययन नै नगरी प्रधानमन्त्रीलाई ब्रिफिङ गर्दाको परिणाम स्वरुप प्रधानमन्त्री पाइपबाट ग्यास वितरण गर्ने भाषणमा चिप्लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.