सञ्चारमन्त्रीको ७० करोडको अडियो सार्वजनिक भए पछि ओली-प्रचण्ड छलफलमा

  २०७६ फागुन ८ गते १२:०२     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच बालुवाटारमा भेटवार्ता भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड घूसको डिल गरिरहेको अडियो सार्वजनिक भएलगत्तै अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीच बालुवाटारमा भेटवार्ता भएको हो ।

स्रोतका अनुसार दुई नेतावीचको छलफलमा सञ्चारमन्त्री बाँस्कोटाले ७० करोड घूसको डिल गरिरहेको अडियो विषयमा छलफल भएको छ । मन्त्री बाँस्कोटालाई राजीनामा दिन लगाउने या के गर्ने भन्ने विषयमा छलफल भएको स्रोतले बताएको छ ।

बिहीबार बिहान ११ बजे अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि मन्त्री बाँस्कोटाले स्वीस कम्पनीको नेपालस्थित एजेन्टसँग ७० करोड घुसका लागि डिल गरेको अडियो बुधबार राति सार्वजनिक भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.