सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, प्रतितोला ७७ हजार ६ सयमा कारोबार

  २०७६ फागुन ८ गते ११:३४     विकासन्युज

काठमाडौं । बिहीबार सुन प्रतितोला ७७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला ७७ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन एकै दिन ५ सय रुपैयाँ बढेको छ । पछिल्लाे समय सुनकाे मूल्य क्रमश बढ्दै गएकाे छ ।

बुधबार प्रतितोला ७६ हजार ८ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन प्रतितोलामा ५ सय रुपैयाँ बढेर ७७ हजार ३ सय रुपैयाँमा बिक्री भइरहेको छ ।

त्यस्तै चाँदी तोलामा १० रुपैयाँ बढेर ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.