शिवरात्रीलाई लक्षित गर्दै ट्राफिक महाशाखाले ५ सय ट्राफिक खटाउने

  २०७६ फागुन ७ गते १९:२३     विकासन्युज

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वलाई केन्द्रित गर्दै ५ सय ट्राफिक प्रहरी खटाएको छ । पशुपतिनाथ मन्दिरमा आउने भक्तजन एव दर्शनार्थीको सवारी आवागमनलाई सरल, सहज तथा व्यबस्थित बनाउनका लागी ५ सय ट्राफिक खटाएको हाे ।

महाशाखा प्रमुखले शिवरात्री पर्वको अबधिभरि भक्तजनहरुलाई सरल एव सहज रुपमा आवागमनको व्यबस्था मिलाउनको लागी ५०० भन्दा बढि ट्राफिक प्रहरी परिचालन गरिएकोर आबश्यकता अनुसार डाईभर्सन, पशुपति क्षेत्र भित्र सवारी निषेधि समेत गरिने बताए ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले दर्शानार्थीको अत्याधिक चाप हुन गई गौशाला चोक हुदै चल्ने यातायात सेवा प्रभावित हुने देखिएमा यात्रुको सुबिधालाई मध्येनजर गर्दैगौशाला क्षेत्र भइ चल्ने सवारी साधनलाई केहि समयको लागी बैकल्पिक सडकको प्रयोग गर्न डाइभर्सन गरि आवागमनको व्यबस्था मिलाइने बताए ।

उनले तिलगंगा, गौशाला, मित्रपार्क र चाबहिल भई चल्ने मालबाहक सवारी साधनहरुलाईभने तिनकुने, सिनामंगल, जोरपाटी नारायणटार, चुच्चेपाटी, सुकेधारा, नयाँबानेश्वरलगायतका स्थानहरुबाट गौशाला क्षेत्र प्रबेशमा रोक लगाई बैकल्पिक सडक प्रयोगको व्यबस्था मिलाइने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.