उपभोक्तालाई १० युनिट विद्युत निःशुल्क दिने गरी नियमन आयोगले थाल्यो गृहकार्य

  २०७६ फागुन ७ गते १९:०९     विकासन्युज

काठमाडौं । विद्युत नियमन आयोगले उपभोक्तालाई १० युनिटसम्म विद्युत निःशुल्क दिने गरी गृहकार्य अगाडि बढाएको छ । नियमन आयोगले उपभोक्तालाई १० युनिट विद्युतसम्म निःशुल्क दिने मनासायले विद्युत उपभोक्ता महशुल समायोजनको प्रक्रिया अघि बढाएको हाे ।

आयोगका अनुसार आगामी चैत मसान्तभित्र महशुल समायोजनको निर्णय हुने छ । फागनु १ गतेदेखि महशुल समायोजनको काम सुरु भएको आयोगले जनाएको छ । आयोगले जारी गरेको निर्देशिकामा २ महिनाभित्र महशुल समयोजन गर्ने वा नगर्ने निर्णय हुनुपर्ने व्यवस्था छ ।

अहिले आयोगले सार्वजिनक सूचना जारी गर्दै त्यसमा आफ्ना धारणा तथा प्रतिक्रिया राख्न आग्रह गरेको छ । आयोगले साना उपभोक्तालाई १० युनिटसम्म निःशुल्क गरेर ११ युनिटदेखि माथि नयाँ महशुल तोक्ने तयारी गरेके छ ।

नेपाल विद्युत प्राधिकरणले गरेको प्रस्तावमा केहीको घटेको र केहीको मात्र बढाउन गरेको आयोगले जनाएके छ । विद्युत प्राधिकरणले प्रस्ताव गरेपनि आयोगको निर्णयबिना महशुल बढाउन पाइँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.