सिटिजन्स बैंकद्वारा डोल्पाको मुकुटेश्वर अपाङ्ग सेवा समितिलाई आर्थिक सहयोग

  २०७६ फागुन ७ गते १८:५८     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले डोल्पा जिल्लाको दुनै अवस्थित मुकुटेश्वर अपाङ्ग सेवा समितिलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । उक्त रकम बैंकले बुधबार एक कार्यक्रमकाबीच समितिलाई हस्तान्तरण गरेको हो ।

यस समितिले १२ जना छात्र र ८ जना छात्रा गरी कुल २० जना अपाङ्ग छात्रछात्राहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको छ । उक्त सहयोग रकमबाट विद्यार्थीहरुलाई ओढ्ने तथा ओछयाउने लुगाहरुको खरिद गर्ने कुरा समितिले जनाएको छ ।

यस किसिमको सहयोगबाट त्यहाँ अध्ययन गर्दे आएका विद्यार्थीहरुको जिवनस्तरमा सुधार आउने विश्वास बैंकले व्यक्त गरेको छ । यस सहयोगले सामाजिक अपहेलना र तिरस्कार भोगेर जीवनयापन गरिरहेका निमुखा, गरीब र दयनीय आर्थिक अवस्था भएका अपाङ्ग बालबालिकाहरुको मनोवल थप उच्च हुने कुरा समितिले जनाएको छ ।

अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ ।

बैंकले ८९ वटा शाखा, ९० वटा एटीएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.