भारतको बजेटले नेपाली अर्थतन्त्रमा पर्ने प्रभाव मुल्याङ्कन गरिने- अर्थ सचिव ढुंगाना

  २०७६ फागुन ७ गते १८:३२     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघका अर्थ सचिव शिशिरकुमार ढुंगानाले भारतको नयाँ बजेटले नेपाली अर्थतन्त्रमा पर्ने प्रभावलाई मुल्याङ्कन गरिने बताएका छन् । उनले सो विषयमा अध्ययन समितिले काम पुरा गर्न लागेको र त्यसले दिने सुझावलाई कार्यान्वयन गर्ने जानकारी दिएका छन् ।

परिसंघले अर्थतन्त्र तथा उद्योग व्यवसायमा देखिएका समस्याबारे आयोजना गरेको छलफल कार्यक्रममा नवनियुक्त अर्थसचिव ढुंगानाले सो कुरा बताएका हुन् ।

बुधबार अर्थ मन्त्रालयमा नवनियुक्त अर्थ सचिव शिशिरकुमार ढुंगानालाई बधाई तथा शुभकामना दिँदै परिसंघको प्रतिनिधि मण्डलले उनको कार्यकालमा समग्र अर्थतन्त्र र निजी क्षेत्रको विकास तथा प्रवद्र्धनमा मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ ।

छलफलको प्रारम्भमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले भारतीय बजेटको प्रभाव मूल्याङ्कन गरी उद्योग व्यवसायलाई प्रतिस्पर्धी हुने वातावरणको सृजना गर्नु पर्ने, चीनमा देखा परेको कोभिड १९ भाइरसका कारण उत्पन्न परिस्थितीले कच्चा पदार्थ तथा तयारी वस्तुको आयात निर्यात तथा पर्यटन उद्योगमा पर्न गएको नकारात्मक असरलाई नियाल्नु पर्ने अवस्था आएको बताए ।

यसैगरी निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापनमा भइरहेका सुधारको स्वागत गर्दै निर्यातका लागि थप प्रोत्साहन आवश्यक भएको तर्फ पनि अध्यक्ष मोरले ध्यानाकर्षण गराएका छन् ।

अध्यक्ष मोरको ध्यानाकर्षण बारे जानकारी दिँदै अर्थ सचिव ढुंगानाले चीनमा देखा परेको कोभिड १९ भाइरसका कारण उद्योग, व्यापार तथा सेवा क्षेत्र र विकासका काममा परेको असर कम गर्ने उपायमाथि छलफल भइरहेको बताएका छन् ।
त्यस्तै, आयात प्रतिस्थापन र निर्यात प्रर्वद्धन तथा रोजगारी सृजना गर्ने उद्योगका लागि थप सहुलियत दिने विषयमा नीतिगत सुधारका लागि अन्तर्मन्त्रालय समन्वयको काम भइरहको जानकारी गराए ।

परिसंघले अघि सारेका विषयलाई प्राथमिकतामा राखी यथासक्य सम्बोधन गर्ने पनि अर्थ सचिव ढुंगानाले विश्वास दिलाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.