साढे २ अर्बको ऋणपत्र ल्याउँदै सिटिजन्स बैंक, वार्षिक १०.२५ प्रतिशत ब्याजदर

  २०७६ फागुन ७ गते १७:३७     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र ल्याउँदै छ । बैंकले ‘१०.२५% सिटिजन्स बैंक ऋणपत्र २०८६’ नामक सो मात्राको ऋणपत्र बजारमा निष्काशन गर्न लागेको हो ।

बैंकले त्रैमासिक व्याज भुक्तानी भएको उक्त ऋणपत्र दश (१०) वर्षको अवधिका लागि निष्काशन गर्न लागिएको हो । २ अर्ब ५० करोड रुपैयाँ बराबरको प्रतिऋणपत्र एक हजार रुपैयाँ अंकित मूल्यका २५ लाख कित्ता निष्काशन गर्न लागेको छ ।

जसमध्ये १० लाख कित्ता ऋणपत्रले हुन आउने कुल १ अर्ब रुपैयाँ ऋणपूँजी रकम (५०,००० कित्ता सामूहिक लगानी कोषका लागि छुट्टयाईएको समेत) सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने छ । बाँकी १५ लाख कित्ता ऋणपत्रले हुन आउने कुल १ अर्ब ५० करोड रुपैयाँ ऋणपूँजी रकम विभिन्न व्यक्ति वा संघ संस्थाहरुलाई व्यक्तिगत तर्फबाट बिक्री गरिने बैंकले जनाएकाे छ ।

बैंकले निष्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलबाट सो मात्राको ऋणपत्र निष्काशन गर्न लागेको हो ।

ईक्रा नेपालले उक्त ऋणपत्र निष्काशन गर्न बैंकलाई आईसीआरएएनपी एलबीबीबी पल्स रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनी वित्तीय दायित्व पूरा गर्न सुरक्षित रहेको मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.