चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर

  २०७६ फागुन ७ गते १७:१८     विकासन्युज

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलमाथि भ्रष्ट्राचार गरेको आरोपमा मुद्दा दायर गरेको छ।

आयोगले उनीमाथि बुधबार मुद्दा दायर गरेको हाे । पौडेललेमाथि एक लाख रुपैयाँ बिगो कायम गरी घुसररिसवत लिई भ्रष्ट्राचार गरेको आरोपमा मुद्दा दायर गरेको हो।

पौडेलले सूचना‚ सञ्चार तथा प्रसारण गर्ने प्रयोजनका लागि सम्झौता गरी विनियोजन भएको रकमबाट घुस मागेको भन्ने सूचनाका आधारमा टंगालबाट खटिएको अख्तियारको टोलीले घुस बापत १ लाख रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अख्तियारले पौडेलविरुद्ध १ लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा ९१० को ९ग० बमोजिम सजायको मागदाबी गर्दै बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.