रिचार्जरको बिग सेल अफर, ५ हजारमा हेलिकप्टर राइड

  २०७६ फागुन ७ गते १६:३२     विकासन्युज

काठमाडौं । ई कमर्स प्लेटफर्मका रुपमा स्थापित रिचार्जरले नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले फेब्रुअरी २० (बिहीबार) पनि बिगसेल अफर संचालन गर्ने भएको छ ।

बिगसेलका दिन रिचार्जरले २२० रुपैंयामा क्युएफएक्स सिनेमाको टिकट, ५ हजार २० रुपैयामा हेलीकप्टर राईड, २ हजार २० मा टुर प्याकेज, २० हजार २० रुपैयामा अन्नपुर्ण बेसक्याम्पसम्मको हलिकप्टर राइड, जस्ता आकर्षक प्याकेज उपलब्ध गराउने भएको छ ।

शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा मोबाईल, ल्यापटप, टिभी, ईलेक्ट्रोक्सि आइटम र टुर प्याकेज उपलब्ध गराउने रिचार्जरले जनाएको छ । नाईट फुड र ड्रिंक्स सर्भिस ७ बजदेखि काठमाण्डु उत्पत्यका भित्र उपलब्ध हुनेछ । मुभि टिकट खरिद गर्दा भने सुरुमा पुरा रकम भुक्तान गरेको २४ घण्टा भित्र २२० रुपैंया बाहेकको रकम खरिदकर्ताले क्यासव्याक फिर्ता पाउने बताइएको छ ।

ह्याप्पी आवर अन्तरगत प्रत्येक घण्टा रिचार्जरका प्रयोगकर्ताले सरपाइज अफरहरु पाउने छन् । रिचार्जर डाउनलोड गर्ने मध्येबाट प्रत्येक साता एक जनालाई पोखरा सिटी भ्यूको हेली टूर प्याकेज उपलब्ध गराइने कम्पनीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए । उनका अनुसार बिगसेलका दिन रिचार्जरमा ७० प्रतिशतसम्मको छुट पाइन्छ ।

जनवरी २० तारिखमा विगसेल मेला आयोजना गरेको रिचार्जले भ्रमण वर्षभरी हरेक महिनाको २० तारिखमा बिगसेल संचालन गर्ने भएको हो । भ्रमण वर्ष २०२० को आधिकारिक इकमर्श प्लेटपर्म समेत रहेको रिचार्जरले बिग सेलमा आकर्षक छुटमा वस्तु तथा सेवा उपलब्ध हुनेछ ।

विश्वभरी रहेका स्वदेशी तथा विदेशी पर्यटकले पनि भ्रमण वर्षको अफर अन्तरगत रिचार्जर बिग सेल २०२० मा सहभागिता जनाउन सक्ने छन् । अहिले डाउनलोड गर्नुस, समय र पैसाको बचत गर्नुस् भन्ने नारा सहित रिचार्जरले दैनिक प्रयोगमा आउने सेवाहरु एकैस्थानमा उपलब्ध गराउँदै आएको छ ।

रिचार्जरले जतिको मोबाइल रिचार्ज गर्यो त्यत्ति नै क्यास प्वाइन्ट दिँदै आएको छ भने अन्य वस्तु तथा सेवाको खरिदमा २० प्रतिशत क्यास प्वाइन्ट दिँदै आएको छ । यसरी प्राप्त हुने क्यास प्वाइन्टलाई रिचार्जर बाट सामान खरिद गर्दा छुटका रुपमा प्रयोग गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.