बाल अस्पताल बनाउन बैंक अफ काठमाडौंकाे एक करोड सहयोग

  २०७६ फागुन ७ गते १६:१७     विकासन्युज

काठमाडौं ‍। मुटु रोग विशेषज्ञ डा. भगवान् कोईरालाकाे अगुवाईमा बन्न लागेको बाल अस्पताललाई बैंक अफ काठमाडौंले १ करोड सहयोग गरेको छ।

बैक अफ काठमाडौंले आफ्नो २५ औं वार्षिकउत्सवको अवसरमा बाल अस्पताललाई १ करोड सहयोग गरेको हो ‍।

गर्भनर चिरन्जिवी नेपालले बुधबार बैंकको तर्फबाट डा. कोईरालालाई १ करोडको चेक हस्तान्तरण गरेका हुन्।

डा‍. कोइराला अध्यक्ष रहेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)ले काठमाडौंसहित ७ वटै प्रदेशमा बाल अस्पताल स्थापना गर्ने योजना बनाएको छ । किओचले  अस्पताल निर्माणका लागि २ अर्बभन्दा बढी लगानी संकलन गर्ने लक्ष्य लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.