८.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न कठिन छः उपाध्यक्ष कँडेल

  २०७६ फागुन ७ गते १५:४५     विकासन्युज

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कंडेलले चालु आर्थिक वर्षमा ८.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न कठिन भएको बताएका छन् । अर्थ समितिले बुधबार आयोजना गरेको एक कार्यक्रमा उनले सो कुरा बताएका हुन् ।

चालु आर्थिक वर्षको हालसम्म पुँजीगत तर्फ १९ प्रतिशत मात्र वित्तीय खर्च भएको बताउँदै उनले चालु आर्थिक वर्षको अन्तिमसम्म सरकारले लिएको ८.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न कठिन हुने उनको भनाइ छ ।

‘पुँजीगत खर्च अभावमा काम गर्ने कर्मचारी र राजनीतिक दलका नेताको क्षमता अभाव हुन सक्छ, गत वर्षभन्दा पुँजीगत खर्चमा सुधार भएपनि चालु आर्थिक वर्षमा सरकारले लिएको आर्थिक वृद्धिदरको लक्ष्य भेटाउन गाह्रो छ,’ उनले भने ।

राष्ट्रिय गौरवका आयोजनाको प्रगति निराशाजनक भएको स्विकार्दै उनले यो हिसावले चालु आर्थिक वर्षमा ५२ प्रतिशत सम्म पुँजीगत खर्च हुन सक्ने उनकाे भनाइ छ  ।

यो वर्षकाे चौमासमा दशैं तिहार परेकोले पनि पुँजीगत खर्च कम देखिएको उनको भनाइ छ ।  चालु आर्थिक वर्षको हालसम्म चालुगत तर्फ ४०.३३ प्रतिशत, पुँजीगततर्फ १९ प्रतिशत र वित्तीय व्यवस्थापन तर्फ २५ प्रतिशत खर्च भएको छ ।

सरकार भने ८.५ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य भेटाएरै छोड्ने दावीमा गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.