देवः विकास बैंकको जोरपाटी शाखा कार्यालयको उद्घाटन

  २०७६ फागुन ७ गते १५:३५     विकासन्युज

काठमाडौं । देवः विकास बैंककाे गोकर्णेश्वर नगरपालिका, जोरपाटीमा सञ्चालित जोरपाटी शाखा कार्यालयको उद्घाटन भएको छ । उक्त शाखाको उद्घाटन  बैंकका संचालक समितिका सदस्य भरत बहादुर हमालले गरेका हुन् ।

कार्यक्रममा संचालक हमालले गुणस्तरिय सेवा विस्तारमा जोड दिदै यस क्षेत्रबाट संकलित निक्षेपलाई यस क्षेत्रको व्यापार व्यवसायमा लगानी गर्ने र स्थानीय उद्यमशीलताको विकासका लागि सहकार्य गर्ने बताए ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका अध्यक्ष रमेश अर्यालले वडा नं ६ को क्षेत्रमा बैकिङ्ग गतिविधिको विस्तारबाट समग्र नगरपालिका क्षेत्रमा नै आर्थिक गतिविभिको विस्तार भएको सन्तुष्ट व्यक्त गरे । यस बैंकका संचालक विजय राज शर्मा भुषाल, महानगरिय प्रहरी बृत, बौद्धका प्रहरी नायब उपरीक्षक रेशम बहादुर सिंहले पनि मन्तव्य राखेका थिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बिजय बहादुर श्रेष्ठले देवः विकास बैंक सधैं ग्राहकको अधिकतम सुविधालाई ध्यानमा राखि अगाडि बढिरहेको र समयानुकूल आधुनिक बैंकिङ्ग सेवा विस्तार एवं स्तरोन्नतिका लागि कुमारी बैंकसँग एक्विजिशनमा जान लागेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.