सडकमा नाचगान गरेर भ्रमण वर्ष सफल हुँदैनः डा. भट्टराई

  २०७६ फागुन ७ गते १५:१२     विकासन्युज

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सडकमा नाचान गर्दैमा भ्रमण वर्ष सफल नहुने बताएका छन् ।बुधबार अर्थसमितिले गरकाे एक कार्यक्रममा बाेल्दै उनले साे कूरा बताएका हुन् ।

विदेशी पवर्यटकलाई स्वदेशमा भित्र्याउनका लागि भौतिक पूर्वाधारको आवश्यक पर्ने बताउँदै उनले पूर्वाधार निर्माण नगरी सडकमा नाचगान र रमझमले भ्रमण वर्ष २०२० सफल नहुने बताएका हुन् ।

पूर्वाधार बनाएर विदेशी सञ्चारमाध्यममा विज्ञापन गरे पर्याप्त पर्यटक आउने उनको भनाइ थियो । रणनीति बनाएर अगाडि बढ्नु पर्ने उनको भनाई छ ।

‘देशदले २२ आयोजनालाई राष्ट्रिय परियोेजनालाई गौरवको आयोजनाका रुपमा लिएको छ, तर हाल सम्म एकको पनि निर्माण कार्य सम्पन्न भएको छैन, यसबाट पनि थाहा हुन्छ की सरकारले पूर्वाधार निर्माणमा कत्तिको ध्यान दिएको छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.