डाबर नेपालको नाफा ९ अर्ब, बार्षिक कारोबार २५ अर्ब

  २०७६ फागुन ७ गते १५:११     राजाराम न्यौपाने

काठमाडौं । बहुराष्ट्रिय उत्पादक कम्पनी डाबर नेपालको आम्दामी वृद्धि भएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा ९ अर्ब ८९ करोड ९० लाख ८ हजार १ सय ६० रुपैयाँ खुद नाफा गरेको छ । आर्थिक वर्ष २०७४/७५ मा ९ अर्ब १४ करोड ९८ लाख १० हजार २ सय २३ खुद नाफा गरेको थियो ।

डाबर नेपालले आर्थिक वर्ष २०७४/७५ मा २४ अर्ब २२ करोड ७६ लाख १८ हजार ३ सय ४ सय रुपैयाँ कारोबार गरेको थियो भने आर्थिक वर्ष २०७५/७६ मा २५ अर्ब १२ करोड ६८ लाख १५ हजार ९ सय ९ रुपैयाँ कारोबार भएको वित्तीय विवरण कर कार्यालयमा बुझाएको छ ।

आर्थिक वर्ष २०७४/७५ तुलनामा आर्थिक वर्ष २०७५/७६ मा ९० करोड ९१ लाख ९७ हजार ५ सय १९ रुपैयाँको करोबार वृद्धि भएको छ ।

कच्चा पदार्थ, श्रमिक र उत्पादनका लागि आर्थिक वर्ष २०७५/७६ मा १४ अर्ब ६९ करोड १० लाख ३९ हजार ९ सय ८४ रुपैयाँ कम्पनीको खर्च भएको छ । सोही शीर्षकमा आर्थिक वर्ष २०७४/७५ मा १३ अर्ब ९१ करोड १४ लाख ४० हजार ८ सय २ रुपैयाँ कम्पनीको खर्च भएको थियो ।

आर्थिक वर्ष २०७४/७५ तुलनामा आर्थिक वर्ष २०७५/७६ मा ६७ करोड ९५ लाख ९९ हजार १ सय ८२ रुपैयाँको खर्च वृद्धि भएको छ ।

कम्पनीले कर तिर्नु अघि आर्थिक वर्ष २०७५/७६ मा १४ अर्ब ३८ करोड ४५ लाख ७७ हजार ६ सय ९९ रुपैयाँ  आम्दानी गरेको छ । आर्थिक वर्ष २०७४/७५ मा १३ अर्ब ५३ करोड १५ लाख ३५ हजार ३ सय ३५ रुपैयाँ आम्दानी गरेको थियो ।

आर्थिक वर्ष २०७४/७५ तुलनामा आर्थिक वर्ष  २०७५/७६ मा ८५ करोड ३० लाख ४२ हजार ३ सय ६७ रुपैयाँ नाफा वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७४/७५ तुलनामा आर्थिक वर्ष २०७५/७६ मा ७४ करोड ९१ लाख ९७ हजार ९ सय ३७ रुपैयाँ खुद नाफा वृद्धि गरेको छ ।

९ अर्ब चुक्ता पुँजी भएको डाबर नेपालले ५ अर्ब लगानी थपेर १४ अर्ब पुर्याउने प्रकृयामा छ । पछिल्लो समय डाबर नेपालको उत्पादन गुणस्तरीय भएका कारण उपभोक्ताले रुचाएका छन् ।

हाल डाबरले रियल, डाबर च्यवनप्रास, डाबर रेड टुथपेस्ट, हाजमोला, डाबर अमला हेयर आयल उत्पादन गर्दै आएको छ ।  यस्तै कम्पनीले डाबर हनी, डाबर ग्लुकोज डी, गुलाबरी, फेम, प्रोइस्टाइल, ओडोनिलका थुप्रै उत्पादनहरु बिक्री गर्दै आएको छ ।

हाल डाबरसँग संसारभर १९ भन्दा बढी विश्वस्तरीय उत्पादन केन्द्रहरु छन् । नेपालसहित विश्वका ७ राष्ट्र युनाइटेड अरब इमिरेट्स, इजिप्ट, नाइजेरिया, टर्की, श्रीलंका, बंगलादेश र भारतमा १२ वटा गरी जम्मा १९ वटा ठाउँमा यसका उत्पादन केन्द्रहरु छन् ।

डाबर कम्पनीले राजश्वमार्फत नेपाल सरकारलाई सहयोग समेत पुर्याएको छ । आठौं राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजश्व विभागले सबैभन्दा बढी कर तिर्ने संस्थाका रूपमा सम्मानित भएको थियो । कर दिवसको अवसरमा डाबर नेपाललाई निर्यातकर्ताको तर्फबाट सम्मान पाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.