हिरोले गर्यो ‘एक्स्ट्रीम १६०आर’ लाई शोकेस, ६० केएमपीएच सम्मको स्पीड केवल ४.७ सेकेण्डमै पुरा गर्न सक्ने

  २०७६ फागुन ७ गते १२:४६     विकासन्युज

काठमाडौं । हिरोले आफ्नो विल्कुलै नयाँ मोटरसाइकल एक्स्ट्रीम १६०आरलाई शोकेस गरेको छ । हिरोले यस मोटरसाइकललाई आगामी मार्च महिनामा भारतिय बजारमा आधिकारीक रुपमा सार्वजनिक गर्ने भएको छ ।

लञ्च पश्चात यो मोटरसाइकलले आफ्नै १५० सीसी मोटरसाइकल एक्स्ट्रीम स्पोर्टसकाे स्थान लिनेछ । कम्पनीले यस मोटरसाइकललाई ड्रम र डिस्क गरी दुई भेरियन्टहरुमा उपलब्ध गराउनेछ ।

एक्स्ट्रीम १६० आरले स्पोर्टी र एग्रेशिभ स्टाइलिङ्ग पाएको छ र यो स्टाइलिङ्ग हिरोले केहि महिना अगाडि प्रदर्शन गरेको कन्सेप्ट बाइक एक्स्ट्रीम १आर सँग प्रभावित छ । यो मोटरसाइकल सेग्मन्टकै पूर्ण एलईडी लाइटिङ्ग भएको मोटरसाइकल पनि हो ।

त्यसैगरी यसमा डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, इञ्जिन साइड स्ट्याण्ड कटअफ स्वीच र हजार्ड ल्याम्प्स लगायत विशेषता पनि समावेश छन् । हिरोले यो बाइकलाई ह्वाइट, रेड र ब्लु गरी तिन कलर अप्सनमा ल्याउनेछ ।

यो बाइकमा बीएस६ मापदण्डको १६० सीसी एयर–कुल्ड फ्युल–इन्जेक्टेड इञ्जिन समावेश गरिएको छ जसले १५ एचपीको पावर र १४ एनएमको टर्क उत्पादन गर्दछ । ५ गियर भएको यो बाइकको तौल १३८.५ केजीको मात्र रहेको छ ।

यो बाइकको पावर टु वेट रेशियो सेग्मेन्टकै राम्रो रहेको छ जसले गर्दा बाइकले ० देखि ६० केएमपीएचको स्पीड केवल ४.७ सेकेण्डमै पुरा गर्न सक्दछ । कम्पनीले एक्स्ट्रीम १६०आर लाई सेग्मेन्टकै फास्ट मोटरसाइकलको संज्ञा दिएको छ ।

डाउनट्युब फ्रेममा निर्माण भएको यो मोटरसाइकलमा अगाडितर्फ टेलिस्कपिक फर्क र पछाडि भने ७–स्टेप एड्जस्टेवल मोनोशक जडान गरिएको छ । त्यसैगरी यसको दुवै चक्कामा डिस्क ब्रेक जडान गरिएको छ भने सेफ्टी फिचरको रुपमा चाहिँ सिङ्गल–च्यानल एबीएस समावेश गरिएको छ । हिरोले यसको ड्रम भेरियन्टको पछाडिको चक्कामा ड्रम ब्रेक जडान गर्नेछ ।

हिरोले सो मोटरसाइकलको लागि मूल्य घोषणा भने गरेको छैन । तर सधैंजसो सेग्मेन्टमै कम मूल्य पर्ने मोटरसाइकल ल्याउँदै गरेको कुरालाई विचार गर्ने हो भने यो मोटरसाइकलको मूल्य पनि सेग्मेन्टमै सस्तो पर्ने अनुमान लगाउन चाहिँ सकिन्छ ।

एक्स्ट्रीम १६०आर बजारमा आएपछि यसले बजाजको पल्सर एनएस१६०, होण्डाको सिबि हर्नेट १६०आर, सुजुकीको जिक्सर र यामाहाको एफजि भी३ लगायतका मोटरसाइकलहरु सँग प्रतिष्पर्धा गर्नेछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.