चीनबाट ल्याइएका नेपालीमा देखिएन कोरोना भाइरस संक्रमण, आजै रिपोर्ट सार्वजनिक गरिँदै

  २०७६ फागुन ७ गते ७:४९     विकासन्युज

काठमाडौं । चीनबाट उद्धार गरी नेपाल ल्याइएका नेपालीमा कोरोना भाइरस(कोभिड १९) संक्रमण नदेखिएको पुष्टि भएको छ । परीक्षण गरिएका सबैको रिर्पोटको नतिजा नेगेटिभ देखिएसँगै उनीहरुमा उक्त भाइरसको संक्रमण नभएको परिक्षणकर्मीले बताएका हुन् ।

उनीहरुको नमुना संकलन गरी रिपोर्ट परीक्षण गरिएको थियो । जसमा मंगलबार(हिजाे) बेलुकासम्म परिक्षण गरिएका सबैको नतिजा नेगेटिभ आएकाले उनीहरुमा उक्त संक्रमण नभएको पुष्टि भएको हो ।

साथै, परिक्षण गरिएका सबै रिपोर्टको नतिजा बुधबार(आज) सार्वजनिक गरिने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । जनस्वास्थ्य प्रयोगशालाका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक पत्रकार सम्मेलन मार्फत उक्त नतिजा सार्वजनिक गर्नेछ ।

चीनबाट मंगलबार उद्धार गरी ल्याइएका १ सय ७५ जनालाई भक्तपुरको खरीपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्रमा राखिएको थियो । जसमध्ये १ सय ३५ जना पुरुष र ४० जना महिला छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका रञ्जित शाहको नेतृत्वमा गएको टोलीले गत आइतबार नमुना संकलन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.