नविल बैंकका सिईओ शाह भन्छन्: मिहेनत गर्नुस्, बैंक जति पनि लगानी गर्न तयार छन्

  २०७६ फागुन ६ गते १९:२६     विकासन्युज

काठमाडौं । नविल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाहले मिहेनत गर्नेहरुका लागि बैंकहरु जति पनि लगानी गर्न तयार भएको बताएका छन् । भक्तपुर उद्योग वाणिज्य संघले मंगलबार उद्योग वाणिज्यको विकासमा बैंकको भूमिका विषयक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

विभिन्न उत्पादनमुलक र नाफामुल काममा बैंक लगानी गर्न तयार भएको उनको भनाइ छ । ‘हामीसँंग पुँंजी छ, तपाईहरुले बुद्धी र मेहेनत गरेर काम गर्नुपर्यो, त्यसो भयो भने मात्रै वास्तविक रुपमा सुखी नेपाली समृद्ध नेपालको नारा पूरा हुन्छ,’उनले भने ।

दुई तिहाईको स्थिर सरकार भएकाले यो लगानी गर्ने उपयुक्त समय भएको उनको छ । स्थानिय उत्पादनहरुको प्रचार प्रसार गरी तिनीहरुको व्यापार गर्न उनलाई व्यापारीहरुलाई आग्रह गरे । तरकारीमा प्रख्यात भक्तपुरको तरकारी किन संसारको कुनाकाप्चामा पुग्न सकेनन् ? सवैले गम्भीर भएर सोच्नु पर्ने अवस्था आएको उनको भनाइ छ ।

कार्यक्रमा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप श्रेष्ठ र नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाीच वैंक र संघका सदस्यहरुलाई व्यवसाय प्रवद्र्धन तथा बैकिंग सेवा सुलभ तवरबाट उपलव्ध गराउने समवन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.