महिन्द्रा एक्स यूभी ३००ले पायो ग्लोबल एनसीएपीको पहिलो ‘सेफर च्वाइस’ अवार्ड

  २०७६ फागुन ६ गते १७:५१     विकासन्युज

काठमाडौं । महिन्द्रा एक्स यूभी ३०० ले ग्लोबल एनसीएपीको पहिलो ‘सेफर च्वाइस’ अवार्ड प्राप्त गरेको छ । उक्त अवार्ड भारतमा बिक्री हुने कारहरुमध्ये उच्चतम स्तरको सुरक्षाप्रदर्शन गरेका सवारी साधन निर्माताहरूलाई मात्र प्रदान गर्छ ।

महिन्द्रा एक्स यूभी ३०० ले जनवरी महिनामा मात्र वयस्कहरूमा फाइभ स्टार सुरक्षा रेटिङ र बालबालिकाहरूको सुरक्षाका लागि फोर स्टार रेटिङ पाउन सफल भएको थियो । जुन यो अभियानअन्तर्गतको उच्चतम स्कोर हो ।

ग्लोबल एनसीएपीका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत डेभिड वार्डले भने, ‘महिन्द्रा र भारतीय अटो उद्योगका लागि ऐतिहासिक क्षण हो, जुन मुलुककै लागि सवारी साधन सुरक्षा प्रदर्शनका लागि महत्वपूर्ण विन्दु बनेको छ । सन् २०१८ मा हामीले ‘सेफर च्वाइस’ अवार्ड च्यालेन्ज स्थापना गरेपछि एक भारतीय सवारी साधन निर्माताले यस ढंगबाट सुरक्षाका नेतृत्व लिइरहेको देख्दा उच्चतम सन्तुष्टि मिलेको छ ।’

यो एक्स यूभी ३००, चित्ताकर्षक (हेड–टर्निङ) र चितुवाबाट प्रेरित डिजाइन, ‘फन टू ड्राइभ’ प्रदर्शन, उत्कृष्ट वर्गको सुरक्षा विशेषता, हाइ–टेक विशेषता वर्गमा पहिलो तथा उत्कृष्ट आन्तरिक सजावट/बनावटले यसलाई रोमान्चक र बहृत् प्याकेजसहितको यो वर्गका सवारी साधनमा एक मानकका रूपमा स्थापित भएको छ ।

यो पेट्रोल र डिजेल इन्जिनका दुवै विकल्पमा उपलब्ध छ । एक्य यूभी ३००को मूल्य पेट्रोल डब्लूफोर मोडल ३९ लाख ७५ हजार र डिलेज डब्लूफोर मोडल ४१ लख २५ हजार तोकिएको छ भने यो नेपालभरका सबै अग्नि इन्कर्पोरेटेडका डिलरहरूमा उपलब्ध छ ।

ग्लोबल एनसीएपीले सन् २०१८ मा सम्पन्न भएको दिल्ली अटो एक्स्पोका क्रममा ‘सेफर च्वाइस’ अवार्डको स्पष्र्धा शुरु गरेको हो । यो प्रतिष्ठित पुरस्कारका लागि योग्य हुनका लागि कार मोडल एनसीएपीको बजार परीक्षण प्रोटोकलको नवीनतम संस्करणअनुसारको मोडलले सवारीसाधनमा वयस्कका सुरक्षामाफाइभ स्टार स्कोर प्राप्त गर्नु अनिवार्य छ ।

मोडलमा विद्युतीय स्थिरता नियन्त्रण (इएससी) हुनुपर्छ र संयुक्त राष्ट्र संघको नियमयूएन १३ एच, यूएन १४० वा जीटीआर ९ अनुसारका प्रदर्शन आवश्यकताहरू पूरा गरेकै हुनु पर्नेछ ।

मोडलले संयुक्त राष्ट्र संघीय नियमयूएन १२१ वा जीटीआर ९ अनुसारको पैदल यात्रु सुरक्षा आवश्यकताहरू पूरा गरेको हुनु पर्नेछ । जसलाई ग्लोबल एनसीएपीद्वारा चयन गरिएको प्रयोगशालामाबजार इकाईमा मान्यताप्रदान गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.