धनुषा धाममा एनआईसी एशिया बैंकको नयाँ शाखा विस्तार

  २०७६ फागुन ६ गते १६:५५     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले धनुषा जिल्लाको धनुषा धाममा शाखा विस्तार गरेको छ । धनुषा धाम नगरपालिका वडा नं. ३ स्थितमा नयाँ शाखा कार्यालय स्थापना गरि बैंकिङ्ग कारोबारको शुरुवात गरेको हो ।

ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै यस बैंकले उक्त शाखा कार्यालयको औपचारिक रुपमा नगरपालिकाका मेयर बालेश्वर मण्डलले शाखाको उद्घाटन गरेका हुन् । उक्त शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीयलाई बैंकिङ्ग सेवा प्राप्त गर्न सहज, सरल हुने विश्वास बैंकले लिएको छ ।

बैंकले मुलुकभर ३ सय १९ शाखा कार्यालयहरु, ४ सय ४४ एटिएम, १ सय ३ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । करिब २१ लाख ग्राहक रहेका छन् । बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रूपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको थियो ।

पछिल्लो समय वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका छ । वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.