महाशिवरात्रिलाई लक्षित गर्दै सानिमा बैंकले ल्यायाे विशेष योजना

  २०७६ फागुन ६ गते १५:४५     विकासन्युज

काठमाडौं । सानिमा बैंकले महाशिवरात्रिको अवसर पारेर आफ्ना ग्राहकलाई विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ ।

बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकहरुलाई लक्षित गर्दै तीन दिनको लागि आफ्ना डेबिट कार्ड र मोबाइल बैंकिङ सेवामा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

यस योजना अन्तर्गत विवाहित दम्पतीले खाता खोली डेबिट कार्ड र मोबाइल बैंकिङ आवेदन गर्दा एक जनाले डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा निःशुल्क पाउने छन् ।

साथै, यो योजनामा महिला ग्राहकले रु. १०० को नेपाल टेलिकम वा एनसेलको टपअप पनि पाउनेछन् । यस योजना फागुन ७ देखि ११ सम्मका लागि लागु गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.