मेगा बैंकले ल्यायो ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्स अकाउन्ट’ योजना

  २०७६ फागुन ६ गते १५:२८     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपालले ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्स अकाउन्ट’ नामक आकर्षक बचत योजना ल्याएको छ । सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका कर्मचारीहरुका लागि बैंकले उक्त संस्करण ल्याएको हो ।

न्यूनतम १ हजार रुपैंया बचत हुनुपर्ने यस खातामा ६.५ प्रतिशत ब्याज पाइनुका साथै विभिन्न आकर्षक सुविधा तथा छुटको पनि व्यवस्था गरिएको छ । यस योजनामा ग्राहकलाई ५० हजार रुपैंयासम्मको मेडिकल बिमा गरिएको छ भने ७ लाख रुपैंयाको दुर्घटना बिमाको व्यवस्था गरिएको छ ।

यसैगरी, मोबाइल बैंकिङ, डेबिट कार्ड र क्रेडिट कार्ड पहिलो वर्ष निःशुल्क रुपमा उपलब्ध गराइने बैंकले जनाएको छ । यस्तै, नेपालभित्रका जुनसुकै बैंकका एटीमबाट रकम झिक्न पनि निःशुल्क व्यवस्था गरिएको छ । यसका साथै, खातावाललाई ऋण लिन पनि यस योजनामा विशेष सुविधाहरु समेटिएका छन् ।

‘बैंक अफ दी एयर २०१९’ बाट पुरस्कृत भएको मेगा बैंकले ग्राहकलाई आकर्षक र नवीनतम सुविधाहरु प्रदान गर्दै आएको छ । मेगा बैंकका देशभरका १ सय ११ वटै शाखाबाट यस योजना अन्तरगत खाता खोल्न सकिने मेगा बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.