वाइवाइ ग्लोकल टीन हिरो ईन्डियाको दोस्रो संस्करण पुनेमा

  २०७६ फागुन ६ गते १५:३७     विकासन्युज

काठमाडौं । वाइवाइ ग्लोकल टीन हिरो ईन्डियाको दोस्रो संस्करण हुने भएको छ ।

भारतको एजुकेसन हब भनेर चिनिने पुनेमा ‘ वाई वाई ग्लोकल टीन हिरो ईन्डिया’ को दास्रो संस्करण हुन लागेको हो ।

ग्लोकल प्रा. ली. र भारतिय राजदुतावासले काठमाडौंमा कार्यकम्र आयोजना गरेर वाइ वाइ ग्लोकल टीन हिरो ईन्डिया को दोस्रो सस्करन सञ्चालन भएको घोषण गरेको हो ।

नेपाली कार्यक्रम वाईवाई ग्लोकल टिन हिरोले सन् २०१५ देखि नेपालमा १९ वर्ष भन्दा कम उमेरका युवाहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर गर्दै उनीहरुको कला र सिपलाई संसारसँग जोड्न प्लेटफर्म दिँदै आएको छ ।

समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रम्मिंग, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरनका कार्यहरु लगयता विभिन्न क्षेत्रमा आफ्नो कौशलता देखाएका प्रतिभावान किशोर किशोरिहरुले यस कार्यक्रममा सहभागी हुन पाउँछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.