३५ अर्ब लगानीमा सुरुङमार्ग बनाउछु भन्ने कम्पनीले ५ वर्षदेखि गरेन लेखापरीक्षण

  २०७६ फागुन ६ गते १२:१४     राजाराम न्यौपाने

काठमाडौं । काठमाडौं– हेटौंडा सुरुङमार्ग बनाउन ९ वर्षअघि स्थापना भएको नेपाल पुर्वाधार विकास कम्पनीले कम्पनीको हैसियतमा गर्नुपर्ने आवश्यक न्यूनतम काम पनि गर्न छोडेको छ ।

कम्पनी स्थापना भएको ४ वर्षसम्म लेखापरीक्षण नियमित भएपनि विगत ५ वर्षयता भने लेखापरीक्षण भएको छैन । कम्पनीले प्रत्येक वर्षको लेखापरीक्षण प्रतिवेदन कम्पनी रजिष्टार कार्यालयमा बुझाउनु पर्ने भएपनि विगत ५ वर्षदेखि प्राप्त नभएको कार्यालयले जानकारी दियो ।

२०७१ साल पछि नेपाल पुर्वाधार निमार्ण कम्पनीले कम्पनी रजिष्ट्रार कार्यलयमा लेखा परीक्षण प्रतिवेदन सहित अन्य आवश्यक कागजात बुझाएको छैन ।

कम्पनी रजिष्ट्रार कार्यलयका सूचना अधिकारी सन्तोष दाहालले २०७१ सालयता कम्पनीले लेखापरीक्षण प्रतिवेदन नबुझाएको जानकारी दिए । समयमै विवरण नबुझाउने कम्पनीलाई कार्यालयले कारबाही गर्ने गर्छ ।

सुरुङमार्ग निमार्ण गर्न स्थापना भएको कम्पनीेले ५ वर्षसम्म पनि लेखा परीक्षण नगर्दा कसरी बन्छ भनेर सेयर लगानीकर्ताहरुले समेत पश्न गर्न थालेका छन् ।

कम्पनी स्थापना हुदा ७ सय ८७ जना संस्थापक सेयरधनी थिए । अधिकृत पुँजी १८ अर्ब र जारी पुँजी १८ अर्ब रुपैयाँ राखेर कम्पनी स्थापना भएको थियो ।

कम्पनी स्थापना हुदा कुशकुमार जोशीको ११ हजार कित्ता, सुभासचन्द्र ढकुरीको १० हजार कित्ता, जयराम लामिछानेको १० हजार कित्ता, प्रदिपजंग पान्डेको १० हजार कित्ता, शिदिलाल श्रेष्ठको १० हजार कित्ता, सुकुन्तलाल हिराचनको १० हजार कित्ता र विक्रम पान्डेको १० हजार कित्ता सेयर थियो । यस्तै, राजाराम केसीको १० हजार कित्ता, राजुमान महर्जनको १ हजार कित्ता र मोहन बस्नेतको १ हजार कित्ता सेयर थियो ।

कम्पनी स्थापना भएको केही वर्षदेखि नै कम्पनीलमा खिचतानी सुरु भएको सेरयधनीहरुको नै भनाई छ । कम्पनीले सुरुङमार्ग निमार्ण गर्छु भनिरहदा कम्पनीले आफ्नो बुझाउनु पर्ने लेखा परीक्षण प्रतिवेदनसमेत कम्पनी रजिष्ट्रार कार्यालयमा बुझाउन सकेको छैन ।

यस वर्षमा साधारणसभा गर्ने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ ।

नेपालमा दर्ता भएका कम्पनीहरुले प्रत्येक वर्षको पुस मसान्तसम्ममा साधारणसभा गरी कम्पनी रजिष्ट्रार कार्यलयलाई लेखा परीक्षण प्रतिवेदन बुझाउनु पर्छ । नबुझाएमा कम्पनी रजिष्ट्रार कम्पनीले जरिबाना तिराउँछ ।

सुरुङमार्ग निर्माणका लागि नेपाल उद्योग वाणिज्य महासंघका तत्कालिन निवर्तमान अध्यक्ष कुशकुमार जोशीले नेतृत्व गरेका थिए । जोशीलाई नै अध्यक्ष बनाएर कम्पनी दर्ता भयो पनि ।

कम्पनीले सन् २०१२ मा सरकारसँग गरेको सम्झौता अनुसार काम भएको भए १ जनवरी ०१७ मै सुरुङमार्ग निर्माण सम्पन्न हुन्थ्यो । सरकारसँगको पहिलो सम्झौता अनुसार निर्माण सम्पन्न हुने मिति सकिएको २ वर्षभन्दा बढी समय भएपनि सुरुङमार्ग बनाउने काम सुरु भएकै छैन ।

पूर्वाधार विकास कम्पनीले सुरुङ मार्ग बनाउनका लागि गैरआवासीय नेपाली, स्वदेशी उद्योगपती र स्थानीयहरुबाट ३५ अर्ब रुपैयाँ उठाउने योजना बनाएको थियो । त्यसअनुसार जनताबाट ३१ करोड ७६ लाख रकम उठाइसकेको थियो ।

यो कम्पनीले सुरुङ मार्ग निर्माण गर्न राखेको प्रस्तावलाई ०६९ वैशाखमा मन्त्रिपरिषदले पारित गरेको थियो ।

संस्थापक अध्यक्ष कुशकुमार जोशी, त्यसपछि गैरआवाशीय नेपाली संघका अध्यक्ष भवन भटट्, लाल केसी र फेरि भवन भटट् अध्यक्ष भएका छन् । तर, कम्पनीले सुरुङमार्ग बनाउने सम्भावना न्यून छ भने कम्पनीले सरकारी मापदण्ड अनुसारका काम पनि गर्न छोडेको छ ।

सम्बन्धित सामग्री

पूर्वाधार विकास कम्पनी कोमामा, प्रदेश सरकारसँग लफडा, पीडितको पैसा फिर्ता दिएको दाबी

सुरुङमार्गः देखायो विकासको आश, बनायो स्थानीयको बिल्लीबाठ

निजी क्षेत्रमाथि नै प्रश्न गरिरहेको काठमाडौं–हेटौडा सुरुङमार्ग ९ वर्षदेखि अलपत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.