बीएस६ इञ्जिन सहित हुण्डाई भेन्युको नयाँ संस्करण आउँदै, थपिनेछन् यस्ता विशेषता

  २०७६ फागुन ६ गते ११:५३     विकासन्युज

काठमाडाैं । हुण्डाईले २०२० संस्करणको ‘भेन्यु’ लाई अर्को महिना भारतिय बजारमा सार्वजनिक गर्ने भएको छ । पहिलेको भेन्युको तुलनामा नयाँ भेन्युमा विभिन्न परिमार्जनका साथै केही फिचरहरु पनि थप गरिने भएको छ ।

प्रमुख परिमार्जनको रुपमा २०२० भेन्युमा बीएस६ मापदण्डको १.५–लिटर डिजेल इञ्जिन जडान गरिनेछ । हाल बजारमा उपलब्ध रहेको भेन्युमा बीएस४–मापदण्डको १.४–लिटर डिजेल इञ्जिन समावेस छ ।

नयाँ भेन्यु पहिलेजतिनै भेरियन्टहरुमा उपलब्ध हुनेछ । थप फिचरहरुको रुपमा चाहिँ इन्ट्री–लेभल ई र मिड लेभल एस भेरियन्टहरुले अल्टरनेटर म्यानेजमेन्ट सिस्टम (एएमएस) को विशेषता पाउनेछन् जसले ब्याट्रीको आयुलाई बढाउन मद्दत गर्दछ ।

त्यसैगरी एउटा टप भेरियन्ट एसएक्सले चाहिँ क्रमशः टायर प्रेशर मोनिटरिङ्ग सिस्टम र बाँकी टप भेरियन्ट एसएक्स प्लस र एसएक्स (ओ) ले चाहिँ थप एउटा १२–भोल्टको ब्याट्री पाउनेछन् ।

यसका प्रतिष्पर्धी महिन्द्रा एक्सयुभि३००, मारुती सुजुकी भिटारा ब्रेजा, फोर्ड इकोस्पोर्ट र टाटा नेक्शन लगायतहरु नयाँ इञ्जिनका साथ अपडेट भएर आइसकेका छन् ।

भेन्युमा अटोमेटिक गियरको अप्सन उपलब्ध छैन भने टाटा नेक्सन, एक्सयुभि३०० र किया सोनेट लगायतमा चाहिँ यो फिचर समावेश छ । त्यसैले भेन्युको लागि यी कारहरु कडा प्रतिष्पर्धीको रुपमा उभिएका छन् ।

नयाँ इञ्जिन र थप फिचरहरु समावेश गर्नुले भेन्युको लोकप्रियता बजारमा बढाउला कि यसको बजार प्रदर्शन आफ्नो प्रतिष्पर्धी भन्दा फितलो भएर जाला ? त्यो त समयले नै बताउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.