विद्यालय भवन पुनःनिर्माणमा सहयोग जुटाउन नेपथ्यको सांगीतिक कार्यक्रम गरिँदै

  २०७६ फागुन ६ गते १०:२२     विकासन्युज

काठमाडौं । चर्चित सांगीतिक समूह नेपथ्यले यही फागुन १७ गते काठमाडौँमा विशेष सांगीतिक कार्यक्रम गर्न लागेको छ । हेल्प नेपाल नेटवर्कसँगको सहकार्यमा ‘शिक्षाकालागि संगीत’ नाम दिइएको सो कार्यक्रम भृकुटी मण्डप बगैंचामा आयोजना गरिने छ ।

सन् २०१५ मा आएको विध्वंशकारी भूकम्पबाट क्षतिग्रस्त दोलखाको राजकुलेश्वर निम्न माध्यमिक विद्यालय भवनको पुनर्निर्माणमा सहयोग जुटाउन उक्त कार्यक्रम आयोजना गर्न लागिएको हेल्प नेपाल नेटवर्कले जनाएको छ ।

यस हेल्प नेपालले सन् २०१५ यता सिन्धुपाल्चोकको ठोकर्पा मावि लगायत विभिन्न जिल्लाका विद्यालय भवनहरु पुनर्निर्माण गर्न सघाएको छ । भीमेश्वर नगरपालिकास्थित राजकुलेश्वर निम्न माध्यमिक विद्यालय भवनको पुनर्निर्माण शुरु भइसकेको र सो पुनर्निर्माणको काम सम्पन्न गर्न सहयोग जुटाउन चर्चित व्याण्ड नेपथ्यसँगको सहकार्यमा यो सांगीतिक साँझ आयोजना गर्न लागेको हो ।

कार्यक्रममा चर्चित गायक अमृत गुरुङले प्रस्तुति दिनेछन्  अहिले टिकटको मूल्य ९ सय रुपैयाँ राखिएको छ। कार्यक्रमको दिन भने टिकटको मूल्य प्रति व्यक्ति रु १ हजार २ सय ५० राखिएको आयोजकहरुले जनाएका छन् । इ सेवामा गएर कार्यक्रमको टिकट किन्न सकिन्छ ।

‘मातृभूमिको लागि महिनामा एक पौण्ड वा एक डलर’ भन्ने आह्वान गर्दै २० वर्ष अघि बेलायतमा सो नेटवर्क स्थापना गरिएको थियो। हेल्प नेपाल नेटवर्कले नेपालमा शिक्षा, स्वास्थ्य, आपत्कालीन मानवीय सहायता लगायतका क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.