सभामुख सापकोटासँग युरोपेली मुलुकका राजदूतद्वारा भेट, आर्थिक सहयोग जारी राख्ने प्रतिबद्धता

  २०७६ फागुन ६ गते १०:०६     विकासन्युज

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटासँग युरोपेली मुलुकका राजदुतले भेटघाटको क्रमलाई बढाएका छन् । सभामुख सापकोटासँग सोमबार नेपालका लागि नर्वेका राजदूत लस्से ब्जोम जोहानेसनले शिष्टाचार भेट गरी बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

भेटमा नर्वेजियन राजदुतले नेपालको आर्थिक तथा समाजिक क्षेत्रमा पुराउँदै आएको सहयोगलाई नर्वेले जारी राख्ने प्रतिबद्धता व्यक्त गरे । आजै नेपालका लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपिका आवासीय प्रतिनिधि आईसाने मेडागान्गोडा लबेले सभामुख सापकोटालाई भेटेर बधाई ज्ञापन गरेका छन् ।

युएनडिपि प्रतिनिधि लबेले हाल नेपालमा विभिन्न २६ क्षेत्रहरुमा काम गरिरहेको जानकारी गराउँदै आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।

यसअघि फागुन २ गते सभामुख सापकोटासँग नेपालका लागि चेक गणतन्त्रका गैरआवासीय राजदूत मिलान होभोरकाले भेटेर सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.