वारेन बफेट सबैभन्दा ठूला पराेपकारी, यी हुन् विश्वका २५ ठूला दानबीर

  २०७६ फागुन ६ गते १३:१५     विकासन्युज

काठमाडाैं । पछिल्लो समय धनी र गरिबबीचको आयमा अन्तर र श्रोतहरु माथिको उनीहरुको पहुँच र नियन्त्रण बिकरालरुपमा बढ्दो छ ।

अन्तर्राष्ट्रिय गैर-सरकारी संस्था अक्सफामले यसै साता प्रकाशित गरेको प्रतिवेदन ‘टाइम टु केअर’का अनुसार सन् २०१९ मा संसारका सबैभन्दा धनी २१ सय ५३ जनाको सम्पत्तिमाथि नियन्त्रण विश्वको अति गरिब ४.६ अर्ब मानिसको भन्दा बढी रहेको छ ।

यो प्रतिवेदन संसारभरीका गरिब तथा बिपन्न जनसंख्यालाई निराश बनाउने खालको छ । तथापि, केही समययता विश्वका सबैभन्दा धनी मानिसहरुको समूहले दलित, गरिब, सिमान्तकृत तथा अति-बिपन्न बर्गको हितका लागि बढाइरहेको सहयोगले यी बर्गका मानिसहरुलाई धेरै नै राहत दिइरहेको छ ।

विश्वप्रख्यात अर्बपतिहरुले गैरनाफामूल संस्थाहरुमार्फत नभइ आफैले च्यारिटी फाउण्डेसनको स्थापना गरी सोहि फाउण्डेसनहरु मार्फत परोपकारको काममा धेरैजसो लगानी गरिरहेका छन् ।

फोब्रसले सन् २०१४ देखि २०१८ सम्म अमेरिकाका सबैभन्दा ठूला धनाढ्यहरुमध्ये सबैभन्दा बढी च्यारिटीमा खर्च गर्ने २५ धनी मानिसहरुको सूची तयार गरेको छ, जसमध्ये २१ जना अर्बपति छन् । फोब्सकाअनुसार यी पाँचै वर्ष सबैभन्दा बढी दान गर्ने ब्यक्ति वर्कसायर हाथवेका मालिक वारेन बफेट हुन् जसले सो अवधिमा १४.७ अर्ब मानवहितको क्षेत्रमा लगाए ।

यस रकमको ठूलो हिस्सा उनले अर्बपति साथी बिल र मालिण्डले चयन गरेको कार्यमा गेट्स दम्पत्तिद्धारा नै स्थापित बिल एण्ड मालिण्डा फाउन्डेसनमार्फत खर्च गरेका थिए ।

अमेरिकाको सियाटलमा बसोबास गर्ने गेट्स दम्पत्ति पनि अत्यधिक उदार दम्पत्तिको रुपमा सुपरिचत छन् भने पछिल्लो पाँच वर्षको अवधीमा उनीहरुले समाजसेवाका लागि गरेको करिब ९.९ अर्ब अमेरिकी डलर बराबरको खर्चका आधारमा उनीहरु बफेटपछिको दोश्रो ठूलो दाता हुन् ।

‘त्यसो त धेरै सम्पत्ति हुनेले धेरै दान गर्नु कुनै नौलो कुरा होइन, तर, कम सम्पत्ति भएर पनि धेरै दान गर्ने मामुलामा ड्युटी फ्रि स्टोर मालिक चक फिनीलाई कसैले जित्न सक्दैन,’ फोब्रसले उल्लेख गरेको छ ।

फोब्र्सका अनुसार बिगतमा अर्बपतीको सूचिभित्र पर्न सफल फिनीले २०१४ देखि २०१८ सम्म १.६ अर्ब अमेरिकी डलर दान गरे भने अहिलेसम्म आठ अर्ब अमेरिकी डलर गरिब तथा दिनदुखीका लागि समर्पित गरिसकेका छन् । लोकोपकारमा जेम्स बोण्ड भनेर चिचिने फिनीले आफ्नो जिवनभरको लगभग सबै कमाइ दानपुण्यमा लगाएका थिए ।

कुल सम्पत्तिको तुलनामा कसले कति दान गर्यो भनेर तुलना गर्न फोब्रसले दाताहरुको कुल सम्पत्तिको आधारमा दान गरेको रकमको प्रतिशत पनि निकालेको छ जसअनुसार फेसबुकका संस्थापक मार्क जुकरबर्गले पाँच वर्षका अवधीमा जम्मा सम्पत्तिको १.२ प्रतिशतमात्र दान गरे ।

फोब्रसको अध्ययनअनुसार अमेरिकाका २५ जना सबैभन्दा ठूला दाताहरुले अध्ययन अवधीमा कुल ५१.६ अर्ब अमेरिकी डलर बराबरको दान गरेका थिए जुन रकम गरिब मुलुक तथा पछाडी पारिकएका समाजले भोगका समस्याहरु जस्तै आपराधिक न्याय, शिक्षामा सुधार, वैज्ञानिक अनुसन्धान र गरिबी निवारणजस्ता क्षेत्रमा गएको थियो ।

तल सन् २०१४ देखि २०१८ सम्म सबैभन्दा बढी दान गर्ने प्रमुख २५ मध्ये २० जना दाताहरुको सूची प्रस्तुत गरिएको छ ।

१. वारेन बफेट

दानको क्षेत्र – स्वास्थ्य, शिक्षा, सामाजिक न्याय, महिला अधिकार, गरिबी निवारण लगायत
कुल सम्पत्ति – ९० अर्ब अमेरिकी डलर
पाँच वर्षभित्र गरेको दान – १४.७ अर्ब अमेरिकी डलर
कुल सम्पत्तिमा दान गरेको रकमको प्रतिशत – १६.३

२. बिल र मेलिण्डा गेट्स

दानको क्षेत्र – स्वास्थ्य, गरिबी निवारण लगायत
कुल सम्पत्ति – १०९.६ अर्ब अमेरिकी डलर
पाँच वर्षभित्र गरेको दान – ९.९ अर्ब अमेरिकी डलर
कुल सम्पत्तिमा दान गरेको रकमको प्रतिशत – ९



३. जर्ज सोरोस

दानको क्षेत्र – आर्थिक विकास, मानव अधिकार, प्रेश स्वतन्त्रता, मतदाता स्वतन्त्रता लगायत
कुल सम्पत्ति – ८.३ अर्ब अमेरिकी डलर
पाँच वर्षभित्र गरेको दान – ३.१ अर्ब अमेरिकी डलर
कुल सम्पत्तिमा दान गरेको रकमको प्रतिशत – ३७.४

४. माइकेल ब्लुमबर्ग

दानको क्षेत्र – स्वास्थ्य, जलवायू परिबर्तन लगायत
कुल सम्पत्ति – ५९.५ अर्ब अमेरिकी डलर
पाँच वर्षभित्र गरेको दान – ३ अर्ब अमेरिकी डलर
कुल सम्पत्तिमा दान गरेको रकमको प्रतिशत – ५

५. वाल्टन परिवार

दानको क्षेत्र – शिक्षा, वातावरण संरक्षण लगायत
कुल सम्पत्ति – १८१.४ अर्ब अमेरिकी डलर
पाँच वर्षभित्र गरेको दान – २.३ अर्ब अमेरिकी डलर
कुल सम्पत्तिमा दान गरेको रकमको प्रतिशत – १.३

६. जिम र म्यारिन सिमोन्स्

दानको क्षेत्र – स्टिम (साइन्स्, टेक्नोलोजी, इञ्जिनियरिङ्ग एण्ड म्याथम्याटिक्स) अनुसन्धान
कुल सम्पत्ति – २१.६ अर्ब अमेरिकी डलर
पाँच वर्षभित्र गरेको दान – १.६५ अर्ब अमेरिकी डलर
कुल सम्पत्तिमा दान गरेको रकमको प्रतिशत – ७.६

७. चक फिनी

दानको क्षेत्र- विज्ञान, मानव अधिकार, यूवा लगायत
पाँच वर्षभित्र गरेको दान- १.६ अर्ब अमेरिकी डलर
कुल सम्पत्तिमा दान गरेको रकमको प्रतिशत- १००

८. हान्सजइर्ज विस

दानको क्षेत्र – वातावरण, विज्ञान लगायत
कुल सम्पत्ति – ६.३ अर्ब अमेरिकी डलर
पाँच वर्षभित्र गरेको दान – १.५५ अर्ब अमेरिकी डलर
कुल सम्पत्तिमा दान गरेको रकमको प्रतिशत – २४.६

९. पाइरी ओमिडायर

दानको क्षेत्र – शिक्षा, गरिबी निवारण, मानव अधिकार, प्रकोप उद्धार लगायत
कुल सम्पत्ति – १३.३ अर्ब अमेरिकी डलर
पाँच वर्षभित्र गरेको दान – १.४ अर्ब अमेरिकी डलर
कुल सम्पत्तिमा दान गरेको रकमको प्रतिशत – १०.५

१०. गोर्डन र बिटी मुर

दानको क्षेत्र – शिक्षा, वातावरण, विज्ञान लगायत
कुल सम्पत्ति – ११.८ अर्ब अमेरिकी डलर
पाँच वर्षभित्र गरेको दान – १.४ अर्ब अमेरिकी डलर
कुल सम्पत्तिमा दान गरेको रकमको प्रतिशत – ११.९

११. जोन र लौरा अर्नल्ड

दानको क्षेत्र – शिक्षा, स्वास्थ्य र अपराधीक न्याय लगायत
कुल सम्पत्ति – ३.३ अर्ब अमेरिकी डलर
पाँच वर्षभित्र गरेको दान – १.२ अर्ब अमेरिकी डलर
कुल सम्पत्तिमा दान गरेको रकमको प्रतिशत – ३६.४

१२. मार्क जुकरबर्ग र प्रिससिला चान

दानको क्षेत्र – शिक्षा, रोगको उपचार, समावेशी समाज, विज्ञान र अपराधीक न्याय लगायत
कुल सम्पत्ति – ८१.८ अर्ब अमेरिकी डलर
पाँच वर्षभित्र गरेको दान – १ अर्ब अमेरिकी डलर
कुल सम्पत्तिमा दान गरेको रकमको प्रतिशत – १.२

१३. जुलियन रोबर्टसन जुनियर

दानको क्षेत्र – शिक्षा, वातावरण र औषधीजन्य अनुसन्धान लगायत
कुल सम्पत्ति – ४.४ अर्ब अमेरिकी डलर
पाँच वर्षभित्र गरेको दान – ८८ करोड १० लाख अमेरिकी डलर
कुल सम्पत्तिमा दान गरेको रकमको प्रतिशत- २०

१४. इली र इडिथ ब्रोड

दानको क्षेत्र – शिक्षा, कला, विज्ञान लगायत
कुल सम्पत्ति – ६.८ अर्ब अमेरिकी डलर
पाँच वर्षभित्र गरेको दान- ८१ करोड ६० लाख अमेरिकी डलर
कुल सम्पत्तिमा दान गरेको रकमको प्रतिशत – १२

१५ चार्ल्स कच

दानको क्षेत्र – शिक्षा
कुल सम्पत्ति – ४२.८ अर्ब अमेरिकी डलर
पाँच वर्षभित्र गरेको दान – ७९ करोड १० लाख अमेरिकी डलर
कुल सम्पत्तिमा दान गरेको रकमको प्रतिशत- १.९

१६. पाउल एलन

दानको क्षेत्र – संरक्षण, विज्ञान लगायत
कुल सम्पत्ति – २०.३ अर्ब अमेरिकी डलर
पाँच वर्षभित्र गरेको दान – ७२ करोड १० लाख अमेरिकी डलर
कुल सम्पत्तिमा दान गरेको रकमको प्रतिशत – ३.६

१७. लिन र स्टासी स्टुस्टरम्यान

दानको क्षेत्र – शिक्षा, यहुदीको भलाइ लगायत
कुल सम्पत्ति – ३.४ अर्ब अमेरिकी डलर
पाँच वर्षभित्र गरेको दान – ७१ करोड ३० लाख अमेरिकी डलर
कुल सम्पत्तिमा दान गरेको रकमको प्रतिशत – २१

१८. डस्टिन मोस्कोभिच र कारी टुना

दानको क्षेत्र – विज्ञान, स्वास्थ्य र अपराधीक न्याय लगायत
कुल सम्पत्ति – १३.५ अर्ब अमेरिकी डलर
पाँच वर्षभित्र गरेको दान – ७० करोड ५० लाख अमेरिकी डलर
कुल सम्पत्तिमा दान गरेको रकमको प्रतिशत – ५.२

१९. केन ग्रीफिन

दानको क्षेत्र – शिक्षा, कला र विज्ञान लगायत
कुल सम्पत्ति – १३.१ अर्ब अमेरिकी डलर
पाँच वर्षभित्र गरेको दान – ६२ करोड अमेरिकी डलर
कुल सम्पत्तिमा दान गरेको रकमको प्रतिशत – ४.६

२०. माइकेल र सुसान डेल

दानको क्षेत्र – शिक्षा, गरिबी निवारण लगायत
कुल सम्पत्ति – ३१.५ अर्ब अमेरिकी डलर
पाँच वर्षभित्र गरेको दान – ६१ करोड ४० लाख अमेरिकी डलर
कुल सम्पत्तिमा दान गरेको रकमको प्रतिशत – २

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.