महिन्द्रा एक्सयुभि ३०० को नयाँ भेरियन्ट सेग्मेन्टकै सबैभन्दा पावरफुल पेट्रोल गाडि हुने

  २०७६ फागुन ५ गते १९:०८     विकासन्युज

काठमाडौं । भारतिय कार उत्पादक कम्पनी महिन्द्राले एक्सयुभि३०० को एउटा नयाँ भेरियन्टलाई २०२० अटो एक्स्पोमा अनावरण गरेको छ । कम्पनीले ‘स्पोर्ट्ज्’ नाम दिएको सो भेरियन्टमा नयाँ इञ्जिन सहित कस्मेटिक परिमार्जन पनि गरिएको छ ।

यसमा ठुलो परिमार्जनको रुपमा नयाँ १.२-लिटरको थ्री-सिलिण्डर टर्बो-पेट्रोल इञ्जिन समावेस गरिएको छ । यस इञ्जिनले १३० एचपीको पावर र २३० एनएमको टर्क उत्पादन गर्दछ जुन हाल एक्सयुभि३०० ले उत्पादन गरेको तुलनामा पावर २० एचपीले र टर्क ३० एनएमले बढि हो । यस इञ्जिनलाई ६-स्पिड म्यानुअल गियरबक्सको साथमा पेश गरिएको छ ।

कस्मेटिक तर्फ भने यसमा विभिन्न किसिमका बढी ग्राफिक्सहरु दिइएको छ । अगाडिका दुवै ढोकामा ‘स्पोर्ट्ज्’ लेखिएको छ भने यसको क्याविन पुरै कालो रङ्गको बनाइएको छ । त्यसैगरी ड्यासबोर्डमा रातो हाइलाइट्स देख्न सकिन्छ भने सिटहरुमा पनि रातै रङ्गको स्टिचिङ्ग प्रयोग गरिएको छ ।

आधिकारीक रुपमा लञ्च भएपश्चात् यो कार कम्प्याक्ट एसयूभी सेग्मेन्टमा सबैभन्दा पावरफुल पेट्रोल गाडि हुनेछ । यसले हाल बजारमा रहेको हुण्डाईको भेन्यु, टाटाको नेक्शन, मारुतीको भिटारा ब्रेजा र फोर्डको इकोस्पोर्ट सँग प्रतिष्पर्धा गर्नेछ भने आउँदै गरेका कारहरुतर्फ चाहिँ कियाको सोनेट, भक्सवागनको टिगुवान र स्कोडाको भिजनसँग प्रतिष्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.