कामना सेवा विकास बैंकले एकैसाथ खोल्यो २ नयाँ शाखा

  २०७६ फागुन ५ गते १८:५९     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले प्रदेश ७ मा एकैसाथ २ नयाँ शाखा खोलेको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं. ७ अन्तर्गत कैलालीको सुखड र लम्कीमा एकैदिन २ वटा शाखा कार्यालय स्थापना गरि उद्घाटन गरेको हो ।

यससँगै अब बैंकको शाखा संख्या १२० पुगेका छन् ।

सुखड शाखाको उद्घाटन घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरी र बैंकका अध्यक्ष सुदीप आचार्यले संयुक्त रुपमा गरेका हुन् । यसैगरी लम्की शाखाको उद्घाटन लम्कीचुहा नगरपालिका प्रमुख महादेव बजगाई र बैंकका अध्यक्ष सुदीप आचार्यले संयुक्त रुपमा गरेको हुन् ।

काठमाडौंको ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले यी शाखा सहित १२० वटा शाखा कार्यालयहरु तथा ६२ वटा एटीएमार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.