सेञ्चुरी बैंकका ग्राहकलाई छुटैछुट: होटेल सामनामा १५ प्रतिशत र सुर्यान्समा २० प्रतिशत

  २०७६ फागुन ५ गते १८:५१     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले दुई होटलको सेवा सुविधामा विशेष छुट पाउने भएका छन् । ग्राहकले मकवानपुरको हेटौडास्थित होटेल सामनामा १५ प्रतिशत र होटेल सुर्यान्सको सेवा सुविधामा २० प्रतिशत छुट पाउने भएका हुन् ।

बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको हो ।

होटेल सामनासँगको सम्झौतापत्रमा बैंकका हेटौडा शाखा प्रबन्धक सुहित शाक्य र होटेलका प्रबन्ध निर्देशक सुरज आचार्यले हस्ताक्षर गरेका हुन् ।

साथै, होटेल सुर्यान्ससँगको सम्झौतापत्रमा बैंकका हेटौडा शाखा प्रबन्धक सुहित शाक्य र होटेलका अपरेशन प्रबन्धक नकुल गिरिले हस्ताक्षर गरेको हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.