पेट्रोल र डिजेलको मूल्य घट्यो, ग्यासको यथावत

  २०७६ फागुन ५ गते १८:२१     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको छ । अन्तराष्ट्रिय बजारको भाउअनुसार प्रत्येक १५ दिनमा मूल्य समायोजन गर्दै आएको निगमले सोमबार रातीदेखि लागू हुने गरी डिजेल र पेट्रोलको मूल्य घटाएको हो ।

निगमले खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ । नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर १ सय ८ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ ।

निगमले माघ २० गते मूल्य समायोजन गरेर पेट्रोल र डिजेलमा एक रुपैयाँ प्रतिलिटर मूल्य घटाएको थियो भने हवाई इन्धनको मूल्य यथावत राख्दै एलपीजी ग्याँसको मूल्यमा प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.