फागुन १६ गते देखि चितवनमा ‘नेपाल पोल्ट्री अन्तर्राट्रिय प्रर्दशनी’ हुने

  २०७६ फागुन ५ गते १६:३१     विकासन्युज

काठमाडौं । नेपाल पोल्ट्री अन्तराष्ट्रिय प्रर्दशनी २०२० हुन भएको छ । फागुन १६ देखि १८ गतेसम्म चितवनको भरतपुरमा प्रर्दशनी हुने भएको हो ।

नेपाली पोल्टी क्षेत्रको समग्र विकास तथा अत्याधुनिक परिवर्तनका साथ व्यवसायिक विकास गर्ने उद्देश्यले नेपालकै सबैभन्दा ‘ठूलो नेपाल पोल्ट्री अन्तराष्ट्रिय प्रर्दशनी २०२०’ हुन लागेको नेपाल पोल्ट्री महासंघले जानकारी दिएको छ ।

नेपालमै अत्याधुनिक एवं प्रविधियुक्त नवनिर्मित चितवन एक्स्पो सेन्टर, उद्योग प्रदर्शनी मार्गमा सो प्रर्दशनी हुने भएको हो । अन्तराष्ट्रिय प्रर्दशनी नेपाल पोल्टी महासंघको आयोजनामा मिडिया स्पेस सोलुसन्स प्रा.ली. तथा फ्यूचरेक्स ट्रेड एण्ड ईभेण्ट प्रा. लि. को सहकार्यमा अन्तराष्ट्रिय प्रर्दशनी हुन लागेको हो ।

नेपाली पोल्टी क्षेत्रको सुदृढिकरण र व्यवसायीकरण गर्ने उद्देश्यले आधुनिक यन्त्र, अत्याधुनिक प्रविधि, गुणस्तरीय औषधि, फिड सप्लिमेण्ट्स, डेरी उद्योग, पोल्ट्री उद्योग, दाना उद्योग, ह्याचरी उद्योग र मासुजन्य उद्योग लगायतका सम्पूर्ण पशुपन्छी पालन, प्रशोधन र बजारीकरण सम्बन्धि विभिन्न क्षेत्रहरु समेटिने छन् ।

उत्पादनका प्रविधिहरु नेपालमा भित्र्याउने महत्वपूर्ण वातावरण बनाउन नेपाल पोल्ट्री महासंघले नेपालकै सबैभन्दा ठुलो अन्तर्रा्ष्ट्रिय प्रर्दशनीको आयोजना गर्न लागेको हो ।

नेपाली पोल्ट्री क्षेत्रका अग्रज उद्योगपति, स्थापित व्यवसायी, क्षेत्रगत पेशाकर्मी तथा समग्र किसान वर्ग लगायतका प्रत्यक्ष संलग्नतामा रहने २ सयभन्दा बढी स्वदेशी तथा विदेशी प्रख्यात प्रदर्शकहरुका नविनतम प्रविधिहरुका प्रदर्शनी रहने छ । यस पोल्ट्री महासंघ अन्तरगतका विभिन्न संघसंस्थाहरुका प्रत्यक्ष सहभागिता रहने छ ।

पोल्ट्री सम्बन्धि गोष्ठी, बैठक, अन्तरकिया आयोजना हुने उक्त प्रदर्शनीमा नेपाल भेटेरिनरी संघको सहकार्यमा ४ दिने ‘पोल्ट्री पाठशाला’ सेमिनारको आयोजना रहने कार्यक्रम हुने छ ।

उक्त प्रर्दशनीमा नेपाली कृषकहरु नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि उद्यम केन्द, नेपाल उद्योग वाणिज्य महासंघ, लगायत नेपाल, भारत, जर्मनी, बेल्जियम, नेदरल्याण्ड, चीन, अमेरिका, टर्की, मलेसीया, सिंगापुर, ताइवान, इटली, इजराइल, बांग्लादेश, लगायत अन्य देशहरुका पोल्ट्री कम्पनीहरुको सहभागीता रहने छ ।

उक्त प्रदर्शनीबाट नेपाली पोल्ट्री कृषकहरुद्धारा उत्पादित वस्तुहरुको कम लागतमा अन्तर्राष्ट्रियस्तरका उत्पादन भई उपभोक्ताले सस्तो, सुलभ तथा गुणस्तरीय पोल्ट्रीजन्य उत्पादनहरु सहयोग मिल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.