‘मदन भण्डारी विश्वविद्यालयका केन्द्रिय कार्यालय चित्लाङमा हुनुपर्छ’

  २०७६ फागुन ५ गते १६:००     विकासन्युज

काठमाडौं । मदन भण्डारी विश्वविद्यालयको केन्द्रिय कार्यालय मकवानपुरको चित्लाङमा रहनुपर्ने सांसद गगन थापाले बताएका छन् । सोमबार बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा समिति सदस्यसांसद थापाले यस्तो बताएका हुन् ।

उनले अन्य विश्वविद्यालयको जस्तो मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको काठमाडौंमा राख्न उपयुक्त भएको धारण राखे । यस्तै थापाले विश्वविद्यालयको बार्ड अफ ट्रस्टमा मकवानपुरकै सांसदलाई राख्नुपर्ने सुझाव दिएका छन् ।

बैठकमा समिति सदस्य मानबहादुर विश्वकर्माले विश्वविद्यालयको नाम अनुसारको काम हुनुपर्ने सुझाव दिएका छन् । उनले बाहिरबाट विज्ञान र प्रविधि विश्वविद्यालय राखेर भित्र मानविकी, कानुन जस्तो विषयहरु हटाउनु पर्न अथवा विश्वविद्यालयको नाम नै परिवर्तन गरी मदन भण्डारी विश्वविद्यालय राख्नुपर्ने सुझाव दिए ।

यस्तै समिति सदस्य सांसद विद्या पाण्डे, तेजुलाल चौधरी लगायत अन्य सांसदले महिलाको उपस्थित पनि विश्वविद्यालयमा ५० प्रतिशत हुनुपर्ने माग राखेका छन् ।

यस्तै विश्वविद्यालयको सदस्यमा मदन भण्डारी फाउण्डेसनका व्यक्तिलाई राख्नुपर्ने भनेर तोकिएको व्यवस्था हटाउनु पर्ने सांसद पाण्डेले बताएकी छिन् । यसको साटो सार्वजनिक पदमा रहेर शैक्षिक क्षेत्रमा योगदान दिएका व्यक्ति भनेर तोकिनु पर्ने बताएकी छिन् ।

सरकारले असार १२ गते थाहा नगरपालिका ९ स्थित स्वच्छन्द भैरव माविको नाममा रहेको १७९ रोपनी १२ आना २ पैसा जग्गा विश्वविद्यालयको पूर्वाधार विकास समितिका नाममा भोगाधिकार प्रदान गर्ने निर्णय गरेको थियो ।

सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमा विश्वविद्यालयको प्रस्ताव गर्दै एक अर्ब १० करोड रूपैयाँ बजेट छुट्याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.