पूर्व सभामुख महराले पाए सफाई

  २०७६ फागुन ५ गते १४:५३     विकासन्युज

काठमाडौं ।पूर्व सभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन् ।  काठमाडौं जिल्ला अदालतले  उनलाई सोमबार सफाई दिएको हो ।

जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो । सं‌सद सचिवालयकी कर्मचारीलाई बलात्‍कार प्रयास गरेको आरोपमा महरामाथि मुद्दा लागेको थियो ।

यसअघि काठमाडौं जिल्‍ला अदालतले महरालाई कसूरदार होइन भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

आफूमाथि अभियोग लागेपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.