गायिका वसन्ता प्रकृतिको ‘यस्तै हुँदो रहेछ बाबै माया प्रेममा…’ गीत सार्वजनिक

  २०७६ फागुन ५ गते १४:१९     विकासन्युज

काठमाडौं । गायिका वसन्ता प्रकृतिको स्वरमा रहेको गीत ‘यस्तै हुँदो रहेछ बाबै माया प्रेममा…’ गीत सार्वजनिक भएको छ । राजनराज सिवाकोटीले वसन्तालाई स्वरमा साथ दिएको गीत ‘यस्तै हुँदो रहेछ बाबै माया प्रेममा…’को भिडियो सार्वजनिक भएको हो ।

वसन्ताको दोस्रो एल्बम ‘साधना’मा रहेको गीत हो यो । उनको पहिलो एल्बम ‘मनमा’ गीत रहेको थियो । डा. राजुबाबु श्रेष्ठको शब्द, राजनको कम्पोज, आमोश तामाङको एरेञ्ज र श्यामस्वेत रसाइलीको मिक्सिङ रहेको गीतको भिडियोलाई प्रदीप श्रेष्ठले निर्देशन तथा कोरियोग्राफ गरेका छन् ।

गीतको भिडियोमा अनुराग शर्मा, ऋचा थापा र रमेश शाहीलाई फिचरिङ गरिएको छ । गीत जति राम्रो छ गीतको भिडियो त्यतिकै उत्कृष्ट बनेको छ । गीतलाई प्रिज्मा रेकडिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।हेर्नुहाेस भिडियाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.