अनेरास्ववियू र नेविसंघबीच आरआर क्याम्पसमा झडप

  २०७६ फागुन ५ गते १३:२०     विकासन्युज

काठमाडौं । काठमाडौँको भृकुटीमण्डपस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा अनेरास्ववियू र नेपाल विद्यार्थी संघबीच झडप भएको छ । नेविसंघ महामन्त्रीका दीपक भट्टराईका अनुसार साेमबार(आज) बिहान भएको झडपमा नेविसंघको नेताहरुको आक्रमणबाट स्ववियुका नेताहरु सँगम देबकोटा, मुकेश कुवर, धर्म न्यौपाने घाइते भएका छन् ।

साथै नेविसंघका नेताहरु पुस्कर बास्तोला, पनि घाइते भएका छन् । उनीहरुलाई प्रहरीले पक्राउ गरेका छ । यता नेविसंघबाट पक्राउ पर्नेमा पुष्कर बास्तोला, सञ्जिव ढकाल, सुनिल शर्मा, रामजी बस्नेत, उमेश गुरुङ, विपु खड्का रहेका छन् । उनीहरुलाई सघाउँदै प्रहरी प्रशासनले पनि स्ववियुका साथीहरुलाई पक्राउ गरेको छ ।

स्ववियुका कोषाध्यक्ष सँगम देवकोटाले हाम्रा साथीहरु रिहा नगरे देशभर स्ववियुले आन्दोलित गर्ने बताए । सत्ताको अडामा गरिने नेविसंघको गुण्डागर्दीविरुद्ध प्रतिवादमा उत्रिने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.