अन्तराष्ट्रिय बजारमा कफीको माग बढ्दो, उत्पादन कम हुँदा नेपालले लिन सकेन लाभ

  २०७६ फागुन ५ गते १२:३४     सुनिता पुडासैनी

काठमाडौं । पछिल्लो समय नेपालमा उत्पादित कफीको माग विदेशी बजारमा बढ्दै गएको छ । कफीको माग तिव्र क्रममा बढेता पनि उत्पादनको क्षेत्र भने विस्तार हुन् सकेको छैन ।

नेपाली कफी अन्य देशका कफीको तुलनामा उत्कृष्ट मानिन्छ । नेपाली कफीको मूल्य विदेशी बजारमा प्रतिकेजी ७ डलरदेखि १० डलरमा विक्री हुने गरेको छ ।

कफीले नेपाली महत्वपूर्ण उत्पादनको रुपमा विदेशी बजारमा आफ्नो प्रभुत्व जमाएको छ । गत वर्ष ५ सय १३ मेट्रिक टन कफी उत्पादन भएको थियो । यो वर्ष ५ सय ३० मेट्रिक टन कफी उत्पादनको छ । गत वर्षको तुलनामा यो वर्ष १७ मेट्रिक टन उत्पादन बढेको छ ।

नेपालमा कफी प्रयोगकर्ताको संख्या बढ्दै

नेपालमा पछिल्लो समय कफी प्रयोगकर्ताको संख्या बढेको छ । नेपालमा गत वर्ष १ सय ६३ मेट्रिक टन कफी आयात भएको थियो । चालु आर्थिक वर्षमा १ हजार मेट्रिक टनभन्दा बढी कफी आयात भइसकेको नेपाल चिया तथा कफी विकास बोर्डले जनाएको छ ।

नेपालमा आयात हुने कफी भारतबाट आउने र त्यसको मूल्य नेपाली कफीको तुलनामा कम हुने गरेको छ । नेपालमा आयात हुने कफी प्रतिकेजी ७० रुपैयाँमा खरिद हुनेछ ।

कफी घरेलु प्रयोजनका लागि दिनप्रतिदिन बढ्दै गएको छ । नेपालमा नै उत्पादित कफी महंगो पने हुँदा भारतबाट आयातित कफीको प्रयोग बढेको हो ।

नेपालले गत आर्थिक वर्षमा ८४ मेट्रिक टन कफी निर्यात गरेको थियो भने चालु आर्थिक वर्षमा ८५ प्रतिशत कफी निर्यात भएको चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक दिपक खनालले जानकारी दिएका छन् । गत आर्थिक वर्षमा ९ करोड रुपैयाँ बराबरको कफी निर्यात गरेको उनले जानकारी दिए ।

त्यस्तै नेपालमा भने ६ करोड रुपैयाँमा १ हजार मेटिक टन कफी आयात भएको छ । नेपालमा कफीयोग्य जमिन धेरै भएपनि उत्पादनको अवस्था न्यून रहेको छ ।

नेपाली कफीको मूल्य अन्तराष्ट्रिय बजारमा उच्च

अन्तराष्ट्रिय बजारमा नेपाली कफीको माग उच्च मूल्यका साथ बढ्दै गएको छ । नेपाली कफी प्रतिकेजी ७ देखि १० अमेरिकी डलरमा बिक्री हुँदै आएको छ । नेपालीको कफीको मूल्य उच्च र माग पनि बढ्दा नेपाली उत्पादनको अवस्था भने न्यून रहेको छ । मागअनुसारको कफी उत्पादन नेपालले गर्न नसकेको बोर्डले जनाएको छ ।

हाल कफी उत्पादनको क्षेत्र खोज्नुका साथै माग धान्न सक्ने गरी उत्पादन बृद्धि गर्न आवश्यक गृहकार्य भइरहेको बोर्डको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.