सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा बास्केटबल प्रतियोगिता सम्पन्न

  २०७६ फागुन ४ गते १८:५५     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको सहयोग र क्वेष्ट इन्टरनेशनल कलेजको आयोजनामा भएको नारायण प्रसाद स्मृती बास्केटबल प्रतियोगिता २०७६ फागुन २ गते (शुक्रबार) सम्पन्न भएको छ । खेलकुदको विकासमा सहयोग गर्दै आइरहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको सहयोगमा भएको बास्केट बल प्रतियोगितामा काठमाडौंका विभिन्न कलेजहरूको सहभागिता रहेको थियो ।

क्वेष्ट इन्टरनेशनल कलेज प्रांगणमा सम्पन्न बास्केटबल प्रतियोगिताको महिलातर्फ प्रथम सैपाल कलेज, दोस्रोमा रिलायन्स इन्टरनेशल एकेडेमी भएका थिए । त्यसैगरी पुरुष तर्फ प्रथममा सीसीआरसी कलेज र दोस्रोमा ओमेगा कलेज भएका थिए । बास्केटबल प्रतियोगिताका बिजेताहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकका संचालक लिसा शेरचनले पुरस्कार वितरण गरेका थिए ।

यसरी बैंकले हाल ९१ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.