६ महिनामै बढ्यो साढे ४ खर्बले रेमिट्यान्स

  २०७६ फागुन ४ गते १८:५६     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष काे ६ महिनामै ४ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७६/७७को अर्धवार्षिकसमयमा मात्र उक्त रकम नेपाल भित्रिएको छ ।

गत आर्थिक वर्षमा ८ खर्ब ७९ अर्ब २७ करोड रुपैयाँ भित्रिएको थियो । त्यस्तै आर्थिक वर्ष २०७४/७५ मा ७ खर्ब ५५ अर्ब ५ करोड रुपैयाँ रेमिटान्स नेपाल भित्रियाे। देशको प्रमुख अर्थतन्त्रको आधार रेमिट्यान्सले कुल ग्राहस्थ उत्पादनको एक चौथाई भाग ओगटेको छ ।

आर्थिक वर्ष २०७४/७५ मा ११ खर्ब ६३ अर्ब ७४ करोड रुपैयाँ व्यापार घाटा भएको थियो । त्यस्तै आर्थिक वर्षमा १३ खर्ब २१ अर्ब ४२ करोड रुपैयाँ व्यापार घाटा भयो ।

नेपालको व्यापार घाटाको कहालि लाग्दो अवस्थालाई विदेशबाट भित्रिने रेमिट्यान्सका कारण अर्थतन्त्रको जग यथावत रहेको छ ।

सम्बन्धित समाचार 

खाडीको पसिनाले थेग्दैछ नेपाली अर्थतन्त्र, वार्षिक ५ लाख नेपाली विदेशिदै

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.