सार्सभन्दा कोरोना भाइरस विश्व अर्थतन्त्रका लागि खतरा !

  २०७६ फागुन ४ गते १९:४२     विकासन्युज

काठमाडौं । सन् २००३ मा चीनमा पहिलो पटक सार्स भाइरस देखा पर्याे । जसकाे करिब आठ हजार संक्रमितमध्ये ७७ जनाको ज्यान गयाे ।

सार्स भाइरसकाे १६ वर्षपछि पुन: आज संसारभरी कोरोना भाइरसले सोभन्दा बढी असर देखाइसकेको छ । हालसम्म पनि कुनै उपचार पत्ता नलागेको अवस्थामा यो रोगका कारण कतै अझै धेरै मानिसहरुको मृत्यु हुने त हैन भन्ने शंका पैदा भएको छ ।

चीनको वुहान शहरमा पहिलो पटक देखा परेको कोरोना भाइसले चीनकाे अर्थतन्त्रलाई अघिल्लो सार्सले भन्दा नराम्रोसँग शिथिल बनाउने अनुमान विश्लेषकहरुले लगाएका छन् ।

अझ द्रुत रुपमा बढिरहेको चीनको अर्थतन्त्र आकार, अमेरिकासँगको उसको गहिरो आर्थिक तथा व्यापारिक सम्बन्ध, चीनिँयाहरुले संसारको विविध कुनाहरुमा बढाइरहेको लगानी तथा लगभग हरेक राष्ट्रसम्म फैलिएको उसको सेवा तथा वस्तुको सञ्जाललगायतको पक्षलाई ध्यानमा राख्ने हो भने कोरोना भाइरसको विश्व अर्थतन्त्रमा पर्ने असर अध्याधिक बृहत देखिने भएकाे छ ।

सन् २००३ को सार्स महामारीको प्रकोपको सामना गर्दाको समयमा चीनको कुलग्राहस्थ उत्पादन करिब १०.६ खर्ब अमेरिकी डलर बराबरको थियो ।

जुन आज बढेर लगभग १३० खर्ब अमेरिकी डलरको भएको छ । अर्कातर्फ पछिल्लो समयमा आफ्नो व्यापारलाई  बढाउने उदेश्यका साथ चीनलाई बृद्धि र नाफाको मुख्यालय बनाउनका लागि अमेरिकी कम्पनीहरुबिच घम्साघम्सी परिरहेको छ ।

तर, यिनै कम्पनीहरु अहिले चीनमा कोरोनाभाइरसको कारणले ब्यापार तथा बिक्रीमा आएको भारी गिरावटको कारण प्रताडित हुनु परेको छ ।

अघिल्लो सार्सको प्रकोपको समयमा पनि केहि समय बन्द भएको अमेरिकी गेमि जायण्ट लाभ भेगास साण्डस् कर्पले मकाउ स्थित उसका क्यासिनोहरुबाट ठूलो घाटा बेहोरिरहेको छ । क्यासिनोहरुमा जाने ग्राहकहरुको संख्यामा ८० प्रतिशतभन्दा बढीको कमी आएको उसले जनाएको छ ।

त्यसोत कम्पनीको कुल घाटा थाहापाउने दोश्रो त्रैमासिकसम्म कुर्नुपर्ने भएता पनि लाभ भेगास साण्डस् कर्पका सीइओ रब गोल्स्टेनले व्यापारमा आएको ८० प्रतिशतको कमीलाई संचालन खर्च कम गरेर सन्तुलन गर्छु भनेर सोच्नु मूर्खता मात्र हुने टिप्पणी दिएका छन् ।

१. चीनको कुल ग्राहस्थ उत्पादन

सन् २००३ मा- १०.६ खर्ब अमेरिकी डलर
अहिले- १३०.६खर्ब अमेरिकी डलर

चीनको अर्थतन्त्र संसारकै सबैभन्दा धेरै वृद्धि भइरहेको अर्थतन्त्र मध्येको एक हो । कोरोना भाइरसको कारण हाल उसको आर्थिक तथा व्यापारिक गतिविधीमा आएको मन्दिका कारण चीनले ठूलो नोक्सानी व्यहोर्नु पर्ने अनुमान गरिएको छ ।

२. चीनको विश्वब्यापी निर्यात

सन् २००३ मा- ४३८ अर्ब अमेरिकी डलर
अहिले- २०.५ खर्ब अमेरिकी डलर

आजको दिनमा चीनले बिगतमा कहिले पनि नगरेको वस्तु तथा सेवाको निर्यात संसारभरी गरिरहेको छ । गतवर्ष चीनको सबैभन्दा ठूलो निर्यातकर्ता बनेको अमेरिकाले चीनबाट१५२ अर्ब अमेरिकी डलर बराबरको विद्युतीय सामाग्रीमात्रको आयात गरेको थियो ।

यसैगरी चीनले अमेरिकातर्फ ११७ अर्ब अमेरिकी डलर बराबरको मेसिनरी सामाग्री, ३५ अर्ब अमेरिकी डलर बराबरको फर्निचर, २७ अर्ब अमेरिकी डलर बराबरको खेलौना र सो सम्बन्धी सामाग्री र १९ अर्ब अमेरिकी डलर बराबरको प्लाष्टिकको सामाग्री निर्यात गरेको थियो ।

३. चीनियाँ अर्बपतिहरु

सन् २००३ मा- ०
अहिले- ३२४ जना (सन् २०१९)

पछिल्लो समयमा चीनमा अर्बपतिहरुको संख्या लगातार बढिरहेको छ । हालसालै चीनकोे सबैभन्दा ठूलो इकमर्श कम्पनी अलिबाबाको अध्यक्ष पदबाट राजीनामा दिएका ज्याकमा चीनको सबैभन्दा धनी व्यक्ति हुन् । उनीसँग ४२ अर्ब अमेरिकी डलर बराबरको कूल सम्पत्ति रहेको छ ।

४. अमेरिकाको भ्रमण गर्ने चीनियाँ पर्यटक
सन् २००३ मा- एक लाख ५७ हजार जना
अहिले- २८ लाखजना (सन् २०१८)

नव धनाढ्य चीनियाँहरुको संख्यामा आएको बृद्धिसँगै उनीहरुमाझ संसारका विभिन्न देशहरुको भ्रमण गर्ने प्रबृत्तिमा व्यापकता छाएको छ । पर्यटनलाई गुणस्तरीय जिवनको महत्वपूर्ण निर्धारक मान्न थालेका चीनिँयाहरुको विश्व पर्यटन क्षेत्रमा बढ्दो योगदान रहेको छ ।

धेरै घुम्ने मात्र नभइ चीनियाँहरुले आफूलाई खर्चालु पर्यटकका रुपमा पनि स्थापित गराइ सकेका छन् । एक सर्वेक्षणका अनुसार गैर-चीनिँया पर्यटकहरुले विदेश भ्रमणको क्रममा सामान किन्नका लागि प्रतिब्यक्ति ओसत ४८६ अमेरिकी डलर खर्च गर्छन् भने सोहि प्रयोजनका लागि चीनिँया पर्यटकहरुले प्रतिब्यक्ति औसत ७६२ अमेरिकी डलर खर्च गर्दछन् ।

५. चीनमा स्टारबक्स

सन् २००३ मा- १ सय ५२
अहिले – चार हजार १ सय २३

चीनमा आर्थिक क्रियाकलाप तथा खर्चालु उपभोक्ताहरुको संख्यामा आएको उल्लेखनीय वृद्धिका कारण विश्वका ठूला ब्राण्डहरुले यहाँको आकर्षक बजारहरुबाट लाभ हासिल गर्न सो देशमा आफ्नो उपस्थिती बढाइरहेका छन् ।

२०१९ सम्म यहाँ चार हजार २१३ वटा रिटेल स्टोरको स्थापना गरिसकेको स्टार बक्सले कोरोना भाइरसको कारण आफ्नो आधाभन्दा बढी स्टोरहरुलाई हालबन्द गरेको छ ।

६.चीनमा म्यारियट होटल

सन् २००३ मा– ३९
अहिले – ३४८ (२०१९)

अमेरिका पछि चीन म्यारियट चेन होटलको सबैभन्दा ठूलो बजार हो । सन् २०१८ माम्यारियटले त्यहाँको सबैभन्दा ठूलो इकमर्स कम्पनी अलीबाबासँग साझेदारी सम्झौता गर्यो जसले चीनियाँ यात्रीहरुलाई अलिबाबाको यात्रासम्बन्धी वेबसाइटमार्फत म्यारियट होटलमा आफूले चाहेको सेवा बुक गर्न सक्ने अवसर दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.