आमा घर सेवा आश्रमलाई ग्लोबल आइएमई बैंकको तीन लाख सहयोग

  २०७६ फागुन ४ गते १८:१६     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आमाघर सेवा आश्रममा निर्माणाधीन भवनमा सोलार जडानका लागी ३ लाख रुपैयाँ सहयोग गरेको छ ।

ग्लोबल आइएमई बैंक बाग्मती प्रदेशका डेपुटी प्रदेश प्रमुख दिपेन्द्र कडरियाले शुक्रबार आयोजित एक कार्यक्रममा आमाघर सेवा आश्रमका अध्यक्ष रामचन्द्र उप्रेती तथा संरक्षक विजयराज सिग्देललाई उक्त रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै आमाघर सेवा आश्रमका अध्यक्ष रामचन्द्र उप्रेतीले सामाजिक उत्तरदायित्वमा पहल गर्दै ग्लोबल आइएमई बैंकले गरेको सहयोग देख्दा निकै हर्षित भएको विचार व्यक्त गरेका छन् ।

आमा घर सेवा आश्रमका संरक्षक विजयराज सिग्देलले बैंकले आश्रममा बस्ने बुढा आमाबुबाहरुका लागी अति आवश्यक तातोपानीका लागी सोलार जडानका निमित्त आर्थिक सहयोग प्रदान गरेकोमा ग्लोबल आइएमई बैंकलाई धन्यवाद व्यक्त गरेका छन् । उनले ग्लोबल आइएमई बैंक, आश्रमलाई आर्थिक सहयोग प्रदान गर्ने प्रथम बैंक भएको समेत जानकारी गराए ।

त्यसैगरी, डेपुटी प्रदेश प्रमुख दिपेन्द्र कडरियाले बैंक पनि समाजकै अंग भएकोले यस्तै किसिमका सामाजिक उत्तरदायित्व निर्वाहका निमित्त सामाजिक कार्यक्रमहरुमा सहयात्री भईनैरहने जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.