नेपाल उद्योग परिसंघको महानिर्देशकमा पौड्याल र वरिष्ठ सल्लाहकारमा न्यौपाने नियुक्त

  २०७६ फागुन ४ गते १७:२७     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघको महानिर्देशकमा यादव प्रसाद पौड्याल नियुक्त भएका छन् । यसभन्दा अघि उनी नेपाल व्यवस्थापन संघमा आवद्ध थिए ।

परिसंघमा यसअघि कार्यरत महानिर्देशक मेघनाथ न्यौपाने परिसंघको वरिष्ठ सल्लाहकारमा नियुक्त भएका छन् ।

परिसंघका अध्यक्ष सतिश कुमार मोरले परिसंघमा आयोजित एक कार्यक्रममा नवनियुक्त महानिर्देशक र वरिष्ठ सल्लाहकारलाई स्वागत गरेका छन् । साथै, उनले परिसंघलाई थप प्रभावकारी बनाउन नवनियुक्त महानिर्देशक एवं वरिष्ठ सल्लाहकारको सक्रिय सहयोग हुने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.