महेश रिमालको करिअरः सीए पढ्दै पस्यो बीमाप्रतिको रस

  २०७६ फागुन ४ गते १४:४८     नबिन पोखरेल

काठमाडौं । महेश रिमाल २०६४ साल जेठ ६ गते राष्ट्रिय बीमा संस्थान प्रवेश गरे । उनी चाटर्ड एकाउन्टेन्ट (सीए) पनि हुन् ।

बीमा क्षेत्रमा प्रवेश गरेकोमा उनी खुसी छन् । यो क्षेत्रमा लागेपछि आएका केही अवसर पनि उनले गुमाए । अर्थात बीमा क्षेत्रलाई कहिल्यै छोडेनन् ।

भारतको पुनेमा सीए अध्ययन गर्न पुगेका थिए रिमाल । त्यो बेला नै भविष्यमा जागिर खाने कि आफ्नै कुनै उद्यम व्यवसाय गर्ने भन्ने दुविधा नभएको होइन । अध्ययनकै क्रममा बीमा क्षेत्रप्रति उनको आकर्षण बढ्यो । सो आकर्षणले उनलाई अझसम्म छोडेको छैन ।

‘उद्योग व्यवसाय संचालन गर्नु काम गर्नु राम्रो हो, हामीले वित्तीय उद्योग छनोट गर्नुपर्छ भन्ने मलाई लाग्यो’, राष्ट्रिय बीमा संस्थानका नायब महाप्रबन्धक रिमालले बिकासन्युजसँग भने ।

बीमा क्षेत्रमा काम गर्नेहरुको संख्या पहिले निकै कम थियो । पछिल्लो समय भने यो क्षेत्रमा लागेकाहरुको संख्या बढ्दो क्रममा छ । बीमा क्षेत्रमा जनशक्ति नै कम छ भने यो क्षेत्रमा लाग्ने सीएहरुको संख्या अझ कम भएको उनको भनाइ छ ।

पहिले संस्थानले जीवन बीमा तथा निर्जीवन बीमा दुबै प्रकारको व्यवसाय गथ्र्यो । २०७१ सालबाट राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी गरी कम्पनी नै दुईटा भए । व्यवसाय पनि बेग्लाबेग्लै भयो । रिमाल भने संस्थानतिर परे ।

संस्थान छुट्टनुअघिसम्म रिमाल दुबै बीमा व्यवसायको वित्त प्रमुखको जिम्मेवारीमा थिए ।

बीमा क्षेत्रमा काम गर्दा राम्रो अवसर पाइने उनको अनुभव छ । यो क्षेत्र केही हदसम्म प्राविधिक पनि भएकोले तालिम लिएर मात्रै प्रवेश गर्नु उपयुक्त हुने उनको सुझाव छ ।

बीमाको पहुँच जीवन बीमा क्षेत्रमा २० प्रतिशत भन्दा माथि छ, सोही कारण बीमा बजार नै राम्रो अवस्था पुगेको छ ।

एक्चुरी मार्फत बीमा कम्पनीको अनुमान गरेर बीमा क्षेत्र अघि बढ्ने भएकाले यो क्षेत्र आफैमा उपयुक्त क्षेत्र हो भन्छन् रिमाल ।

संस्थान स्थापनाको ५०औं पूरा गरिसकेको छ । त्यसैले संस्थानसँग बीमा क्षेत्रको बारेमा राम्रो ज्ञान पनि प्राप्त भएको छ ।

राम्रो बानी

सीएको जीवन भनेको हिसाव कितावको जीवन पनि हो । अंक, जोड घटाऊ र व्यालेन्ससीट जस्ता तथ्यांकीय गतिविधि सीएको जीवनसँग धेरै खेल्ने आउने कुराहरु हुन् । त्यसैले धेरैलाई लाग्न सक्छ– सीएले आफ्ना हरेक गतिविधि हिसाव किताव गरेर गर्छन् ।

तर, जीवन त्यस्तो हुँदैन । व्यवसाय र जिन्दगी भिन्न कुरा हुन् । जीवन जिउने उनको भिन्ने दर्शन छ । उनी सानातिना कुराबाट कहिल्यै बिचलित हुदैनन् । यो उनको सबैभन्दा राम्रो बानी रहेको उनका सहकर्मी बताउँछन् ।

नराम्रो बानी

सीए पढ्नेहरुमा अनुशासन अलि बढी नै हुन्छ । त्यसैले आफूसँग त्यस्तो नराम्रो बानी नभएको उनको भनाइ छ ।

‘मलाई थाहा भएको नराम्रो बानी पनि त्यस्तो केही छैन र साथीहरुले पनि त्यस्तो केही सुनाएका छैनन्,’ रिमालले भने ।

ड्रिङ्कस्ः

रिमाल आफूलाई सोसल ड्रिंकरको रुपमा मात्रै चिनाउँछन् । आफूले हत्तपत्त नखाने तर साथी भाइहरुको जमघटमा भने खाने वर्गमा आफू पर्ने उनले बताए ।

राष्ट्रिय बीमा संस्थान हाल निदाएको सिंहको रुपमा रहेकाले भोलिका दिनमा यसलाई गर्जिएको सिंह बनाउँन संस्थान व्यवस्थापन लागेको उनले सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.