युनाईटेड फाईनान्सले ल्यायो सिल्भर जुब्ली बचत खाता, फागुनसम्म संचालन हुने

  २०७६ फागुन ४ गते १४:२३     विकासन्युज

काठमाडौं । युनाईटेड फाईनान्सले २५ औं वार्षिकोत्सवको अवसर पारेर सिल्भर जुब्ली बचत खाता संचालनमा ल्याएको छ । एक घर एक खाताको अभियानलाई निरन्तरता दिदै घरदैलो कार्यक्रम का माध्यमबाट प्रत्येक घर घरमा एक खाता खोल्ने अभियान आइतबारदेखि संचालनमा आएको हो ।

यस योजना अन्तर्गत युनाईटेड फाईनान्स लिमिटेडको सिल्भर जुब्ली बचत खाता खोल्ने हरेक खातावालाको खातामा फाईनान्सका तर्फबाट रु. १००। जम्मा गरिने तथा निःशुल्क रुपमा भिसा कार्ड तथा आस्वा सेवा उपलव्ध गराईनेछ ।

यस फाईनान्समा हालै मात्र भारतको प्रतिष्ठित मुत्तुट फाइनेन्स रणनीतिक साझेदारका रुपमा भित्रिएको छ । कम्पनीले आफ्ना २३ वटा शाखा कार्यालयबाट बैकिगं सेवा प्रदान गर्दै आईरहेको छ ।

यो योजना सबै शाखा कार्यालयहरुमा लागु हुनेगरी हाललाई फागुन महिना भरिका लागि संचालनमा ल्याईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.